पोखरा ।
गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा आयोजित गण्डकी प्रदेशस्तरिय महिला तथा पुरुष भलिबल प्रतियोगिता आइतबारबाट स्याङजामा सुरु भएको छ ।
स्याङजा वालिङस्थित पूर्णामित भवानी माविमा सुरु भएको उद्घाटन खेलमा स्याङजाले लमजुङलाई २–० को सोझो सेटमा पराजित गरेको हो । उक्त खेलमा स्याङजाले २५–८ र २५–९ ले खेल जित्यो । यसै गरी कास्की तनहुँ संग पराजित भएको छ । तनहुँले कास्कीलाई २५–२० र २५–२१ को सोझो सेटमा पाखा लगाएको हो ।
हिमाली जिल्ला मनाङ ले अर्को हिमाली जिल्ला मुस्ताङलाई संघर्षपूर्ण खेलमा पराजित गरेको छ । मनाङले पहिलो सेट ३०–२८ ले जित्यो भने दोश्रो सेट २५–२२ मा जित्न सफल भयो ।
त्यस्तै एक अर्को पुरुषतर्फको खेलमा स्याङजाले गोरखालाई २–० को सोझो सेटमा पराजित गरी दोश्रो चरणमा प्रवेश गरेको छ भने अर्को खेलमा मुुस्ताङ बागलुङ जिल्ला संग २–० को सोझो सेटमा पराजित भयो ।
यता पुरुषतर्फ नै पर्वतले कास्कीलाई २–० को सोझो सेटमा पराजित गर्दा नवलपुरले म्याग्दीलाई २५–१७ र २५–२१ ले पराजित गरेको छ ।
महिलातर्फ नै भएको पहिलो चरणको खेलमा म्याग्दीले मुस्ताङलाई २–० को सोझो सेटमा पराजित गर्दा पर्वतले स्याङजालाई २५–२३, १९–२५ र १५–९ ले हराएको छ । त्यस्तै तनहुँले बागलुङलाई २–० को सोझो सेटमा पराजित गर्दा कास्कीले भने लमजुङलाई २५–११ र २५–१३ ले पराजित गरेको छ ।
महिलातर्फ नै म्याग्दीले नवलपुरलाई २–० को सोझो सेटमा पराजित गर्दा स्याङजाले गोरखालाई २–० को सोझो सेटमा पाखा लगाएको छ ।यस अघि प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पन्चराम गुरुङले एक समारोहका विच गरेका थिए । उनले खेलकुद विकासका लागि आफू सदैव रहेको तत्पर रहेको प्रतिवद्धता व्यक्त गरे ।
प्रदेश खेलकुद परिषदका परिषदका उपाध्यक्ष धोज कुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वालिङ नगरपालिकका प्रमुख कृष्ण खाण, सदस्य सचिव घनश्याम पौडेल, परिषद सदस्य गिरमान गुरुङलगायतले आफ्ना भनाई राखेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-