काठ्माण्डौं ।
आगामी बैशाख १ गतेबाट शुरु हुने शैक्षिक सत्रको शरुवातमै विद्यार्थीको हात–हातमा पाठ्यपुस्तक पुग्ने पाठ्यक्रम विकास केन्द्रको दाबी रहेको छ ।
सरकारले यसवर्ष विद्यालय तहका विद्यार्थीलाई समयमै पाठ्यपुस्तक पु¥याउन सरकारी स्वामित्वको जनक शिक्षा सामाग्री केन्द्रलाई ६ देखि १० सम्मको र निजी प्रकाशकलाई १ देखि ५ सम्मको पुस्तक छपाइ गर्न दिएको छ ।
यसका लागि १ सय ११ वटा प्रकाशक छनोट गरिएको छ । जसका कारण पनि आगामी शैक्षिक सत्रमा सबै कक्षाका बालबालिकाले शैक्षिक सत्र शुरु हुनुअघि नै पुस्तक पाउने पाठ्यक्रम विकास केन्द्रका सूचना अधिकारी डा.बाबुराम ढुंगानाले बताएका छन् ।
उनका अनुसार केही पहाडी जिल्लाहरुमा भने वितरकको लापरबाहीका कारणले पाठ्यपुस्तक पुग्न ढिलाइ हुन सक्ने जोखिम भने रहेको बताए । कक्षा १ देखि ५ सम्मको १ करोड २० लाख थान र कक्षा ६ देखि १० सम्म १ करोड ५० लाख थान पुस्तक छपाइ गरि २ करोड ७० लाख थान पुस्तक छपाई गनुपर्ने केन्द्रले जनाएको छ ।
अहिले जनक शिक्षा सामग्री केन्द्रले ८० लाख थान पुस्तक छपाइ सकेर बाइन्डिङ समेत भइसकेको र १० लाख थानको बाइन्डिङ भइरहेको केन्द्रले बताएको छ । छपाइ गर्न बाँकी ६० लाखको दैनिक डेढ लाखको दरले भइरहेको र चैत्र १५ गतेभित्र सकिने जनक शिक्षाका प्रबन्ध निर्देशक अनिल कुमार झाले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार बाइन्डिङ भइसकेका पुस्तकहरु विराटनगर, धनगढी लगायतका प्रादेशिक कार्यालयहरु ढुवानी शुरु भइसकेको बताएका छन् । आगामी शैक्षिक सत्र २०८० देखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम लागु हुने भएको छ । जस अनुसार कक्षा ८ र १० को सबै किताब नयाँ प्रकाशन गर्नुपर्ने भएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-