पोखरा ।।
गण्डकी प्रदेश सरकारका सांसद एवम् पूर्व कानून,संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले सार्वजनिक विदालाई न्युनिकरण गर्न सरकारलाई ध्यानार्कषण गराएका छन् । बुधबार सदनमार्फत उनले ध्यानार्कषण गराएका हुन् । प्रदेश सभाको शुन्य समयमा बोल्दै थापाले नेपालमा सरकार परिवर्तन सँगै सार्वजनिक विदा थप्ने होडबाजी नै चलिरहेको उल्लेख गरे । ‘नेपालमा सरकार परिवर्तन सँगै सार्वजनिक विदा थप्ने होडबाजी नै चलेको छ । जसको न्युनिकरण हुनुपर्ने आवश्यकता छ । कुनै दिन विशेष दिवसमा सार्वजनिक विदा दिएर मात्र कसैको सम्मान तथा मर्यादा हुन्छ भन्ने भाष्य हामीले निर्माण गर्दै गयौं भने हामी कहाँ पुग्छौं ?’,
उनले भने, फागुन महिनामा मात्रै १० दिन सार्वजनिक विदा हुँदा सर्वसाधारणहरु मारमा परेको अभिव्यक्ति उनको छ । अनावश्यक रुपमा थपिएको सार्वजनिक विदाले विनास मात्रै गर्ने विकास नगर्ने हुँदा घटाउनुपर्ने उनले बताए । ‘उनले सार्वजनिक विदा एक किसिमको अघोषित नेपाल बन्द जस्तै हो । अनावश्यक रुपमा थपिएको सार्वजनिक विदाले विकास होइन विनास गर्छ । विदालाई न्युनिकरण गर्न सभामुख र प्रदेश सरकार मार्फत संघीय सरकारलाई ध्यानार्कषण गराउँछु भनेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-