सरिता गुरुङ्ग
पोखरा ।
नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ्गले राष्ट्रपति राज्यसँग जोडिएको विषय भएकोले सबैलाई स्वीकार्य व्यक्ति नै राष्ट्रपति हुने बताएका छन् । प्रेस सेन्टर नेपाल, कास्कीद्धारा आइतबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै गुरुङ्गले राष्ट्रपति जस्तो गरिमामय पदमा सबैलाई स्वीकार्य व्यक्ति नै हुने बताएका हुन् ।
उनले पछिल्लो समय मुलुकको अस्मितामाथि गम्भीर संकट सृजना हुनसक्ने खतरा रहेकाले त्यसबाट राष्ट्रलाई जोगाउन पनि राष्ट्रपतिमा साझा व्यक्ति हुनुपर्नेमा जोड दिएका छन् । विशेषगरी पार्टीभन्दा बाहिरबाट संविधान र लोकतन्त्रको मर्म बुझेको व्यक्ति हुनुपर्नेमा आफुहरुले आवाज उठाईरहेको र संविधानले समेत साझा र दलगत भन्दा बाहिरको व्यक्तिको नै परिकल्पना गरेको जानकारी दिएका छन् ।
महासचिव गुरुङ्गले कुनैपनि दलको व्यक्ति राष्ट्रपति हुँदा जसरी हिजोका दिनहरुमा गणतन्त्र र संविधानमाथि नै खतरा उत्पन्न भएको थियो अबका दिनहरुमा त्यस्ता घटना क्रमहरु नदोहोरियोस् भन्नका लागि पनि साझा व्यक्तिको खोजी भईरहेको प्रतिकृया दिएका छन् । तर उनले राजनीतिक पृष्ठभूमि बाहिरको राष्ट्रपति भने अस्वीकार्य हुने स्पष्ट पारेका छन् ।
राष्ट्रिय अस्मितामाथि खतरा हुनसक्ने, अराजकता र अस्थिरता निम्तने र जसले गर्दा संविधान र राष्ट्रियतामाथि जोखिम पर्ने भएकाले आफुहरुले राष्ट्रिय सहमतिमा नै राष्ट्रपति चयन गर्ने जानकारी दिएका छन् ।
उनले यस पदका लागि जुनसुकै दलबात प्रस्तावका आएतापनि संविधानको संरक्षक, गणतन्त्र, परिवर्तनलार्य आत्मसाथ गर्नसक्ने र विशेषगरी सबैले समर्थन गर्न सक्ने व्यक्तिलाई नै राष्ट्रपति हुने समेत जनाएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-