पोखरा ।
लेखनाथबाट पोखरा आउँदै गरेको बस इलाका प्रहरी कार्यालय डाँडाको नाक प्रहरी चौकी हंसपुर नजिकै दुर्घटना हुँदा ५३ जना घाइते भएका छन् । पोखरा विश्वविद्यालयबाट पोखरा आउँदै गरेको ग २ ६७४७ नम्बरको बस आइतबार दुर्घटनामा परेको हो ।
उक्त बसमा धेरैजसो विश्वविद्यालयबाट फकिँदै गरेका विद्यार्थीहरु रहेका थिए । घाइतेहरुको अहिले पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको कास्कीका प्रहरी प्रमुख अजय के.सी.ले जानकारी दिएका छन् । उनका अनुसार घाइते भएका केहीको अवस्था भने गम्भीर रहेको बताएका छन् ।
त्यस्तै दुर्घटनामा परि घाइते भएकाहरुको अवस्था बुझ्न पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य अस्पताल पुगेका छन् । उनी दुर्घटना लगतै अस्पताल पुगि घाइतेहरुको उपचारमा विशेष ध्यान दिन उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई आग्रह गरेका छन् । ब्रेक फेल भएपछि बस सडकबाट करिब २० मिटर तल खसेको थियो । के्रनको सहायताले बस खोलाबाट निकालिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-