काठमाण्डौं ।
नेशनल वर्न सेन्टर मुम्बईमा उपचार भईरहेका नेपाली कांग्रेसका नेता एंव प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीको स्वास्थ्य सुधारउन्मुख रहेको स्रोतले जनाएको छ । स्रोतका अनुसार पिसाबको मात्रा साधारण रहेको र अन्य पारामिटरसमेत ठिक अवस्थामा रहेको बताइएको छ ।
उनको छातीको पनि फिजियो गराइएको छ । त्यस्तै उनलाई दिइएको कृत्रिम अक्सिजनको मात्रा ३५ प्रतिशतमा झारिएको छ । अब उक्त कृत्रिम अक्सिजनलाई सोमबार (आज) शून्यमा झार्ने र प्राकृतिक रुपमा श्वासप्र्रश्वासको ट्रायलमा लैजाने योजना रहेको समेत जनाइएको छ । उनले शनिबारदेखि नलीमार्फत खाना खान समेत शुरु गरेका छन् ।
सांसद भण्डारीको बुधबार बुद्धनगरस्थित आफ्नै निवासमा ग्यास विस्फोट हुँदा सख्त घाइते भएका थिए । उनलाई विहीबार थप उपचारको लागि एअर एम्बुलेन्समार्फत मुम्बई लगिएको थियो । यस्तै उक्त ग्यास विस्फोटनमा परि उनको आमा हरिकला भण्डारीको निधन भएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-