फागुन ९, २०७९ ।।
पर्वत । राधाचन्द्र स्मृति प्रतिष्ठान पर्वतको १५ औं स्मृति दिवस विभिन्न सामाजिक कार्यका साथ सम्पन्न भएको छ ।
कार्यक्रमका अवसरमा कुश्मा नगरपालिका ३ दुर्लुङ्गमा अबस्थित काफाल चौर माध्यमिक विद्यालयमा ५ लाख १ सय ११ रुपैयाँको अक्षय कोष र सुर्य प्रकास माध्यमिक विद्यालयमा २ लाख १ सय रुपैयाँको अक्षय कोष स्थापना गर्न रकम हस्तान्तरण गरिएको थियो । त्यस्तै कार्यक्रममा जेष्ठ नागरिक र उत्कृष्ट विद्यार्थी लाई नगद र दोसल्ला सहित सम्मान गरिएको थियो । समाजिक व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले राधा गुरुङ र चन्द्र गुरुङ प्रति श्रद्धासुमन व्यक्त गर्नुभयो । सभापति शर्माले राधा चन्द्रले आफ्नो जिवनकालमा प्रजातन्त्रलाई संस्थागत गर्दै समाजमा खेलेको भुमीकाको स्मरण गर्दै प्रसंसा गर्नुभयो ।
सभापति शर्माले राजनीतिक पदमा बस्ने तर जनताका पक्षमा काम नगर्दा आज राजनीति र नेता प्रति वितृष्णा आएको बताउनुभयो । उहाँले राजनीति र सामाजिक सेवा गर्ने व्यक्तिले क्षणिक पद मात्रै हैन संधै भरी सम्मान पाउने गरी काम गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा संविधान सभा सदस्य कांग्रेस पुर्व केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशी, निवर्तमान संघीय सांसद लालकाजी गुरुङ, गण्डकी प्रदेश सभा सदस्य भक्त कुंवर कुश्मा नगरपालिकाका प्रमुख एवं नेपाली कांग्रेसका गण्डकी प्रदेश सह महामन्त्री रामचन्द्र जोशी, राप्रपा केन्द्रिय ईच्छा बहादुर गुरुङ, नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधव बास्तोला, प्रदेश सदस्य सिता काफ्ले लामिछाने, नेपाली कांग्रेस पर्वतका उपसभापति डा.चुडामणिा शर्मा, निवर्तमान सचीव विश्व प्रकाश प्रसाईं, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरु खगेन्द्र प्रसाद तिवारी, बसन्त बहादुर सिके, कांग्रेस पर्वतका बरिष्ठ नेता राम शर्मा पौडेल, राप्रपा पर्वतका अध्यक्ष प्रभु गुरुङ, कुश्मा ३ दुर्लुङ्गका वडा अध्यक्ष तेज प्रसाद पाध्या लगायतले बोल्नुभएको थियो ।
प्रतिष्ठानका प्रमुख संरक्षक नवराज गुरुङ र राधाचन्द्रको जिवनी र कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो भने रेश्मी राज शर्माले प्रस्तुत गर्नुभएको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष लेख बहादुर गुरुङको अध्यक्षता स्वागत प्रतिष्ठानका सह सचीव प्रितम गुरुङ र संचालन सचीव उत्तम अधिकारीले गर्नुभएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-