काठ्माण्डौं ।
आईसीसी १९ वर्षमुनिको पुरुष विश्व कपको एसिया छनोटमा नेपालले सिंगापुरलाई ९६ रनले पराजित गरेको छ । यूएईमा चलिरहेको यस प्रतियोगितामा सिंगापुरलाई हराउँदै नेपालले सुखद शुरुवात गरेको हो ।
नेपालले दिएको २ सय ६२ रनको लक्ष्य पछ्याएको सिंगापुर ५० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६५ रनमा समेटिएको हो । नेपालका लागि आकाश त्रिपाठीले ७८ रन र विशाल विक्रम के.सी.ले ५४ रन बनाउन सफल भएका थिए ।
यस प्रतियोगितामा नेपालसहित सिंगापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागिता रहेको छ । नेपालले भोलि शनिबार हुने दोस्रो खेलमा कुवेतसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
त्यस्तै सोमबार नेपालले हङकङसँग तेस्रो म्याच खेल्ने भएको छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने १९ वर्षमुनिको विश्व कपका लागि छनोट हुनेछ ।
प्रतिक्रिया लेख्नुहोस्:-