Preeti to unicode
  • Login
Pramukh Khabar
Advertisement
  • समाचार
    • गण्डकी प्रदेश
    • राजनीति
    • अन्तराष्ट्रिय
  • शिक्षा/स्वास्थ्य
  • समाज

    पाँचौ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उपाधी महेन्द्र मा.वि लाहाचोकलाई

    पोखरामा मनाइयो ३२ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस

    केभसिटि पर्यटन सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

    हिसान कास्की स्पोर्टस मिट : तेश्रो दिन व्याडमिन्टनका प्रतिस्पर्धाहरु सम्पन्न, अन्य खेल जारी

    पाँचौ युनिप्स खेलकुद महोत्सवको उपाधि वेलनन एकेडेमीले जित्यो

    आर्मीलाई हराउँदै मधेश प्रदेशले जित्यो केपी ओली कपको उपाधि

    Load More
  • मनोरंजन
  • खेलकुद
  • विचार/अन्तर्वार्ता
  • विज्ञान/प्रविधि
  • कला/साहित्य
English
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Pramukh Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Pramukh Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–पोखरा खण्ड फागुन १८ देखि २७ गतेसम्म राति पूर्णरूपमा बन्द गरीने

प्रमुख खबर प्रमुख खबर
२०७९, १३ फाल्गुन शनिबार ००:२४
100
SHARES
998
VIEWS
Share on FacebookShare on Twitter

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा खण्ड विस्तार भइरहेको छ । उक्त सडकखण्ड चार लेन विस्तार गर्ने कार्यअन्तर्गत भीर काट्न रात्रि समयमा सडक अवरुद्ध गरिने भएको छ । मनसुन लागेपछि भीर कटान तथा सडक विस्तारमा समस्या हुनसक्ने सम्भाव्यतालाई मध्यनजर गरी राति यातायात बन्द गरी कार्य गरिने भएको हो ।

राजमार्गको विमलनगरदेखि घाँसीकुवासम्मको खण्डमा भीर कटान (ब्याक कटिङ) को कार्य छिटोछरितो गर्नका लागि मुग्लिन–पोखरा सडक योजना पूर्वी खण्डबाट अनुरोध भई आएबमोजिम सो निर्णय भएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । उनका अनुसार फागुन १८ गतदेखि २७ गतेसम्म राति पूर्णरूपमा बन्द गरी काम गर्ने निर्णय भएको छ ।

दश दिन राति १२ बजेदेखि ४ बजेसम्म अत्यावश्यक बाहेकका सवारीसाधन दैनिक पूर्ण बन्द गरी काम गरिने प्रजिअ रिजालले बताए । “मनसुन सुरु हुने बेला भएको छ, मनुसनलाई मध्यनजर गरी निर्माण कार्यलाई सहज, छिटोछरितो बनाउने उद्देश्यले यो निर्णय गरिएको हो”, उनले भने, “यसले पछिल्ला दिनमा यस राजमार्गमार्फत आवतजावत गर्ने सवारीलाई सहज हुनेछ ।

यस खण्डमा नाली निर्माण, रिटेनिङ वाल निर्माण, भित्ता काट्ने र सडक फराकिलो बनाउने काम भइरहेको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) का प्रमुख इञ्जिनीयर नरेन्द्र सुवेदीले जानकारी दिए । विद्युत्का खम्बा स्थानान्तरण नहुँदा काम सुस्त भएको सुवेदीले बताए ।

पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१ दशमलव ४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिने छन् । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ ।

पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ ।

सडक चौडा पार्ने क्रममा निस्किएका निर्माण सामग्रीमा स्थानीय तहबाट रोयल्टी माग भएको साथै निर्माण सामग्री ढुवानी गर्दा प्रत्येक स्थानीय तहलाई ढुवानी शुल्क तिर्नुपर्ने अवस्था रहँदा आयोजनाको काममा केही समय ढिलाइ भएको थियो । अहिले उक्त समस्या समाधान भएको बताइएको छ ।

विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एशियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजार र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।

चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५÷२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौँडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौँडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ ।

प्रतिक्रिया लेख्नुहोस्:-

खेलकुद

पाँचौ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उपाधी महेन्द्र मा.वि लाहाचोकलाई

गण्डकी प्रदेश

पोखरामा मनाइयो ३२ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस

अर्थ

केभसिटि पर्यटन सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

खेलकुद

हिसान कास्की स्पोर्टस मिट : तेश्रो दिन व्याडमिन्टनका प्रतिस्पर्धाहरु सम्पन्न, अन्य खेल जारी

खेलकुद

पाँचौ युनिप्स खेलकुद महोत्सवको उपाधि वेलनन एकेडेमीले जित्यो

खेलकुद

आर्मीलाई हराउँदै मधेश प्रदेशले जित्यो केपी ओली कपको उपाधि

ताजा खबरहरु

पाँचौ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उपाधी महेन्द्र मा.वि लाहाचोकलाई

पोखरामा मनाइयो ३२ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस

केभसिटि पर्यटन सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

प्रमुख मिडिया प्रा.लि.
 पोखरा २,अर्चलबोट 
कम्पनी रजिस्ट्रार दर्ता नं. २७२८८५/७८/७९
सूचना विभाग दर्ता नं. ३३५७-२०७८/७९
विज्ञापनका लागि : ९८४६२७८७२९, ९८४६०१८१८०
ईमेल [email protected] 

हाम्रो टिम:
सम्पादक 
सन्तोष पराजुली
सह-सम्पादक
सरिता गुरुङ
संवाददाता 
संजय थापा
फोटो पत्रकार
विमल थापा

सामाजिक सञ्जाल

© 2018 - 2021 Pramukh Khabar - Designed by: MPG Solution.

  • English
  • Pramukh Khabar
  • Pramukh Post
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • समाचार
    • गण्डकी प्रदेश
    • राजनीति
    • अन्तराष्ट्रिय
  • शिक्षा/स्वास्थ्य
  • समाज
  • मनोरंजन
  • खेलकुद
  • Login

© 2020 Pramukh Khabar | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In