संजय थापा
फागुन, १४ पोखरा ।।
पोखरा १६ मा अबस्थित सूर्योदय इंग्लिस बोडिङ्ग स्कुलले आफ्नो ३८ औ बार्षिकत्सब तथा अभिभाबक दिबस कार्यक्रम सम्पन्न गरेको छ । बिधालय व्यवस्थापन समितिका अध्यक्ष दिल बहादुर गुरूङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश नम्बर १ का पूर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी “प्यासी” रहनु भएको थियो । त्यस्तै विशेष अतिथिमा जिल्ला समन्वय समितिका अध्यक्ष लिलाधर पौडेल रहनु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य सूर्योदय इंग्लिस बोडिङ्ग स्कुलका सह- प्राचार्य राम प्रसाद सुवेदी र भूतपूर्व बिधाथी संमृद्दि गुरुङले राख्नु भएको थियो ।
कार्यक्रममा सूर्योदय इंग्लिस बोडिङ्ग स्कुलका प्रिन्सिपल रुप बहादुर गुरुङले विगतका दिनमा यस स्कुललाई अगाडि बढाउन निकै संघर्ष गरेको हुदा यहाँ सम्म आईपुगे पनि अझै आफूले सोचे जति शिक्षा क्षेत्रमा बिकास गर्न र स्कुललाई अगाडि बढाउन अझै संघर्ष गर्नु पर्ने बताउनु भयो । त्यस्तै प्रमुख अतिथि प्यासीले शिक्षा मानव जिबनमा नभई नहुने र शिक्षा बिना केही कुराहरू सम्भब नहुने हुदाँ देशको काचुली फेर्न र देशनै शिक्षीत बनाउनको लागी अहिलेको नयाँ युगमा शिक्षा मात्र हैन अब प्राबिधिक शिक्षाको बिकास हुनु पर्ने र हरेक स्कुलमा प्राबिधिक शिक्षामा अध्यापन गराउनको लागि सबै अगाडि बढ्नुपर्नेमा प्रकाश पार्नु भयो ।
कार्यक्रममा स्कुलमा हुने विभिन्न प्रतियोगितामा प्रथम, दितिय र तृतीय हुने बिधाथीलाई सम्मान गरीदै ट्रफी प्रदान गरिएको थियो भने कक्षा नर्सरी देखि कक्षा १० सम्म अध्यन गर्ने बिधाथीहरूले विभिन्न बिधामा रहेर गीत, नृत्य ,टक सो, कल्चर सो, नाटक, सामुहिक नृत्य लगाएत समाजमा हुने गरेका घटनाहरूलाई चित्रण गरी जनचेतनामूलक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बिधाथी, अभिभावक, विभिन्न संघ- संस्थाका व्यक्तित्वहरू लगायत बुद्धिजिविहरूको उल्लेखनीय उपस्थित रहेको थियो । भने कार्यक्रम संचालन सूर्योदय इंग्लिस बोडिङ्ग स्कुलका सह- प्राचार्य राम प्रसाद सुवेदीले संचालन गर्नु भएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-