काठ्माण्डौं ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको लागि देशभरका क्याम्पसमा स्ववियु निर्वाचन समिति गठन भएको छ । आगामी चैत्र ५ गते हुने निर्वाचनका लागि उपत्यकासहित देशभरिका त्रिवि आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन समिति गठन गरिएको छ ।
सो समितिले नै क्याम्पसमा स्ववियु निर्वाचन गराउने त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिएका छन् ।
त्रिविका सबै आङ्गिक क्याम्पसमा विद्यार्थी कल्याण्ड प्रमुख रहने व्यवस्था रहेको छ । यसअघि त्रिविका शिक्षाध्यक्ष प्रा.डा.शिवलाल भुसालको अध्यक्षतामा १६ सदस्यीय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति गठन गरिसेकेको छ ।
निर्देशनालयका निर्देशक अधिकारीले क्याम्पसमा गठन गरिएको समिति र क्याम्पस प्रमुखलाई जिल्ला स्थित निर्वाचन आयोगसँग स्ववियु निर्वाचनमा समन्वय गर्न अनुरोध गरिएको बताएका छन् । यस्तै उनले स्ववियु निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन गृह मन्त्रालयमार्फत ७७ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार समेत गरिएको जानकारी दिएका छन् ।
प्रत्येक २÷२ वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालदेखि यता नियमित हुन सकेको छैन । वि.सं.२०६५ चैत्र ६ गते भएको स्ववियु निर्वाचन एकै पटक ८ वर्षमा २०७३ चैत्र १५ गते भएको थियो । अहिले करिब ५ वर्षको अन्र्तरालपछि पून स्ववियु निर्वाचन हुँदैछ ।
प्रतिक्रिया लेख्नुहोस्:-