पोखरा ।
पोखराका पर्यटन व्यवसायीहरु यतिबेला खुशी भएका छन् । पोखरालाई हवाई उडानबाट पूवी गन्तव्यसम्म जोड्ने तयारी भएपछि उनीहरु खुशी भएका हुन् । पोखरादेखि भद्रपुरसम्म आगामी मार्च ९ तारिखदेखि बुद्ध एयरले सिधा हवाई उडान गर्ने तयारी गरेको छ ।
पोखरा अन्र्तराष्ट्रिय विमानस्थलका प्रमुख गौतम बरालका अनुसार यस विमानस्थल संचालनसँगै हवाइ कनेक्टिभिटिमार्फत पूर्व–पश्चिम जोडेर यात्रुलाई सहज सेवा प्रदान गर्न बुद्ध एयर प्रतिवद्ध भएको जानकारी दिएका छन् । अब केही दिनपछि पोखरा–भद्रपुर उडान शुरु हुने उनले बताएका छन् ।
उनले बुद्ध एयरको ४ वटा जहाज रात्रिकालिन समयमा विमानस्थलमा हुने बताए । सो विमानहरुले विहान चार स्थानमा उडान भर्ने भएका छन् । काठ्माण्डौं, भैरहवा, नेपालगञ्ज नियमित उडान भइरहेका छन् भने अब पोखराबाट विहान ६ः१५ मा सिधै भद्रपुरका लागि उड्ने भएको छ ।
त्यस्तै भ्रदपुरबाट भने पोखराका लागि बेलुकी ६ः५५ मा उडान हुने जनाइएको छ । अहिले पोखरा–भ्रदपुर सडक यात्रा गर्दा करिब १८ घण्टाको लामो दुरी पार गर्नुपर्छ भने भाडा दर २४ देखि २७ सयसम्म तिर्नुपर्छ । तर हवाई उडानबाट भने ७० मिनेटमा नै आरामदायि यात्रा गर्न सकिने र हवाइ भाडा ९ हजार ६ सय ८५ रुपैयाँ तोकिएको छ ।
हवाइ उडान दुरी भने एक घण्टा १० मिनेटको हुनेछ । विमानस्थलका प्रमुख बरालले पोखरा–भद्रपुर सिधा उडान हुन शुरुवात भएपछि यसले पश्चिम क्षेत्रलाई पूर्वी गन्तव्यसँग जोडर आन्तरिक पर्यटनका साथै भारतीय पर्यटकलाई पोखरासम्म ल्याउन सघाउ पुग्ने जनाएका छन् ।
अहिले पोखरा–भद्रपुर सिधा उडान नहुँदा यहाँ आउने यात्रुले सास्ती खेप्नु परेकाले यात्रुको सहजताका लागि सिधा उडान संचालन गर्न लागिएको प्रमुख बरालले स्पष्ट पारेका छन् । यससँगै बुद्ध एयरले मार्च ९ देखि पोखरा अन्र्तराष्ट्रिय विमानस्थलबाट रात्रिकालिन उडान पनि शुरु गर्दैछ ।
प्रतिक्रिया लेख्नुहोस्:-