काठ्माण्डौं ।
दुधको मूल्यमा वृद्धि भएको छ । सरकारले कच्चा दुधको मूल्य वृद्धि गरेको हो । आज बसेको मन्त्रिपरिषद्को बैठकले किसानले पाउने दुधको मूल्यमा वृद्धि गरेको हो ।
यसअघि किसानले दुधको प्रतिलिटर न्यूनतम मूल्य ५६ रुपैयाँ ४० पैसा पाउने गरेकोमा यसमा केही रकम वृद्धि गरि ६५ रुपैयाँ ५० पैसा पु¥याएको छ । बढेको मूल्य किसानले पाउने गरी सरकारले कच्चा दुधको भाउ बढाएको हो ।
किसानले पाउने दूधको भाउ लिटरमा नौ रुपैयाँभन्दा बढी बढेपछि अब उपभोक्ता मूल्य कम्तीमा १० रुपैयाँ बढ्ने छ । सरकारी स्वामित्वको डीडीसीले अहिले फ्याट निकालिएको निलो प्याकेटको दूध प्रतिलिटर ८६ रुपैयाँमा बिक्री गर्दै आएको छ । अब यो दूधको मूल्य ९६ रुपैयाँभन्दा बढी पर्नेछ ।
व्यवसायीहरूले खुलारूपमा बेच्दै आएको दूध लिटरको एक सय रुपैयाँ वा त्योभन्दा बढीका दरले पनि बिक्री गरिरहेका छन् । अब सबै किसिमको दूधसँगै दुग्धजन्य बस्तुको समेत भाउ बढ्ने भएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-