काठ्माण्डौं ।
उप–प्रधान तथा भौतिक पूर्वाधार एंव यातायातमन्त्री नारायणकाजी श्रेष्ठ अतिकम विकसित मुलुक (एलडीसी)को सम्मेलनमा भाग लिन कतारको दोहामा प्रस्थान गरेका छन् ।
उक्त भ्रमण टोलीमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिन बहादुर श्रेष्ठ, माननीय जितेन्द्र नारायण देव, नेपाल सरकारका सचिव गणेश प्रसाद पाण्डे, मधु कुमार मरासिनी, केवल प्रसाद भण्डारी, स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ लगायत रहेका छन् ।
मार्च ५ देखि ९ सम्म हुने सम्मेलनमा सहभागी भएर उपप्रधानमन्त्री श्रेष्ठ ७ मार्चमा फर्कने कार्यक्रम तय भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री श्रेष्ठलाई सम्मेलनमा भाग लिन पठाउने निर्णय गरेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-