Preeti to unicode
  • Login
Pramukh Khabar
Advertisement
  • समाचार
    • गण्डकी प्रदेश
    • राजनीति
    • अन्तराष्ट्रिय
  • शिक्षा/स्वास्थ्य
  • समाज

    पाँचौ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उपाधी महेन्द्र मा.वि लाहाचोकलाई

    पोखरामा मनाइयो ३२ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस

    केभसिटि पर्यटन सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

    हिसान कास्की स्पोर्टस मिट : तेश्रो दिन व्याडमिन्टनका प्रतिस्पर्धाहरु सम्पन्न, अन्य खेल जारी

    पाँचौ युनिप्स खेलकुद महोत्सवको उपाधि वेलनन एकेडेमीले जित्यो

    आर्मीलाई हराउँदै मधेश प्रदेशले जित्यो केपी ओली कपको उपाधि

    Load More
  • मनोरंजन
  • खेलकुद
  • विचार/अन्तर्वार्ता
  • विज्ञान/प्रविधि
  • कला/साहित्य
English
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Pramukh Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Pramukh Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखराका प्रतिष्ठित व्यक्तिद्धारा नै फिर्के खोला अतिक्रमणमा

प्रमुख खबर प्रमुख खबर
२०७९, २५ फाल्गुन बिहीबार २३:१५
122
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

सरिता गुरुङ्ग
पोखरा ।।

पोखरा महानगरपालिकामा बुधबार विहान फिर्के खोलामा मापदण्ड विपरित ग्याबिन भर्ने काम भएको भन्दै उजुरी परेको थियो । मापदण्ड विपरित सो खोलामा ग्याबिन भर्ने काम भएको उजुरी आउने बित्तिकै नगर प्रहरी इन्चार्ज पुरुषोत्तम थापाको नेतृत्वको टोली उक्त स्थानमा पुगेको थियो ।

उनले दिएको जानकारी अनुसार त्यस समय सो स्थानमा पोखराका प्रतिष्ठित व्यक्ति एंव व्यापारी अशोक पालिखेले केही संख्यामा कामदारहरु लगाई धमाधम ग्याबिन भर्ने काम गरिरहेका थिए । सम्बन्धी निकायलाई कुनैपनि जानकारी नदिई फिर्के खोलामा मापदण्ड विपरितको कार्य गरेको भन्दै महानगर प्रहरीले तत्काल काम रोक्न लगाए पनि अटेरी गरेको भन्दै केही निमार्ण सामाग्री समेत उठाएर ल्याएको उनले बताएका थिए ।

नगर प्रहरी इन्चार्ज थापाका अनुसार खोलाको बग्ने भाग नै अतिक्रमण गरी फटाफट गुपचुप रुपमा कामदारहरुले झालीमा ढुंगा राखी ग्याविन भरिरहेका थिए । त्यहाँ आफुहरुको उपस्थिति हुने बित्तिकै केही समय काम गर्न रोकेतापनि सो स्थानबाट आफुहरु हिडेको केही समयपछि नै पुनः त्यहाँ कामदारहरुले पालिखेको निर्देशनमा काम गर्न थालेको खबर आफुहरुलाई प्राप्त भएको र तत्काल फेरि नगर प्रहरी त्यहाँ पुगेको उनले बताए ।

दोस्रो पटक पनि त्यहाँ नगर प्रहरी गएर काम बन्द गर्न आग्रह गर्दा समेत ती कामदाहरुले अटेरी गरेको उनले जानकारी दिए । यस फिक्र्रे अतिक्रमणको विषयलाई लिएर प्रमुख मिडियाको टिमले अशोक पालिखेसँग बुधबार साँझ टेलिफोन सम्पर्क समेत गरेको थियो ।

टेलिफोन सम्पर्कको क्रममा उनले त्यस ठाउँमा आफ्नो जग्गा भएको र सोही जग्गालाई जोगाउनको लागि नै ग्याविन भर्ने काम गरेको जानकारी दिएका थिए । तर हामीले उनलाई, तपाईले त जग्गा बचाउने भन्दापनि खोलाको जग्गा नै अतिक्रमण गरेर त्यसैमाथी नै ग्याबिन भर्ने काम गर्नुभएको रहेछ, कुन निकायलाई सोधेर यस्तो अवैधानिक काम गर्नुभयो? भनेर प्रश्न गरेका थियौं ।

सो प्रश्नको उत्तर दिँदै उनले आफुले कुनैपनि अवैधानिक काम नगरेको तर आफ्नो जग्गा जोगाउनको लागि मात्र ग्याविन लगाउने काम गरेको बताए । यसको लागि महानगरमा निवेदन दिनुपर्ने थियो तर आफ्नो कार्य व्यस्तताका कारण समयमा नै निवेदन दिन नसकेको र निवेदन भने आफुसँगै गोजीमा भएको प्रतिक्रिया दिएका थिए ।

 

यस्तै उनले काम थालनी गर्नुभन्दा पहिला निवेदन दिनुपर्ने थियो तर त्यसो नगरेकोमा आफ्नो गलती भएको स्वीकार गरेका छन् । उनीसँगको यस सम्वादले पनि पालिखेले जानीजानी गुपचुप रुपमा नै फिर्के अतिक्रमण गर्न लागेको स्पष्ट देखिएको छ ।

यसै अतिक्रमणको विषयलाई लिएर महानगरले निर्माण सामाग्री र संरचना हटाउन भन्दै अशोक पालिखेको नाममा विहीबार पत्र काटेको छ । उनको नाममा फिर्के खोलामा, खोलाको मापदण्ड मिचि ग्याविङ्ग भरि पर्खाल निर्माण भएको उजुरी महानगरमा परेको हुँदा पत्र काटेको ३ दिनभित्र सो स्थानबाट सम्पूर्ण सामाग्री र संरचना हटाउन भनेको हो ।

एक हप्तासम्म पनि उनले महानगरलाई कुनै जानकारी नदिनु र अनुमति बेगर काम गर्नाले पनि उनले जानाजान फिर्के अतिक्रमण गर्ने कार्यमा लागेको दखिएको छ । पोखराकोबीच भागबाट बग्ने यस फिर्के खोला मानवीय अतिक्रमणको चपेटामा परेको छ । यो खोला पोखराको एउटा महत्वपूर्ण खोला पनि हो ।

पोखराको वडा नम्बर १८ अँधेरीकुनादेखि सुरु भई वडा नम्बर २, ४, ५, ६, ७ हुँदै वडा नम्बर १७ मा पुगी फेवातालमा समाहित हुने गर्छ । तर विगत केही वर्ष यता केही भू–माफियाहरुका कारण यस फिर्के खोला चरम अतिक्रमणको चपेटामा पर्दै आईरहेको छ ।

करिब ८ दशमलब ५ किलोमिटर लामो यो खोला ठाउँ अनुसार ४ देखि २४ मिटरसम्म फराकिलो छ । फिर्के किनारदेखि १० मिटर दायाँ–बायाँमा कुनैपनि संरचनाहरु बनाउन नपाउने प्रावधान छ । तर फिर्के खोलाको मापदण्ड १० मिटर भनेतापनि सम्बन्धीत निकायहरुले अनुगमन नगर्दा पछिल्लो समय अझ बढी अतिक्रमणको चपेटामा परेको छ ।

फिर्के खोलाको अतिक्रमण भनेको फेवातासँग जोडिएको विषय हो । यो अतिक्रमणले प्रदुषण निमत्याउछ । यदि फेवातालाई प्रदुषित हुनबाट जोगाउने हो भने यसको संरक्षण गर्न अति आवश्यक रहेको छ । यस विषयलाई लिएर प्रमुख मिडियाको टिमले विहीबार पोखराका मेयर धनराज आचार्य र नागरिक समाज कास्कीका संयोजक राम बहादुर पौडेलसँग स्थलगत रिर्पोटिङमा गएका थियौं ।

सो रिर्पोटिङको क्रममा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले आफुहरुले फिर्के खोला लगायतका जतिपनि खोलानालाहरु छन् ती सबैको मापदण्ड कति हुनुपर्ने, यसको संरक्षण कसरी गर्नुपर्ने भन्ने विषयमा यो भन्दा अगाडी अध्ययन भएको कार्यदलको प्रतिवेदन अहिले अध्ययनको क्रममा भएको र अब आउँने कार्यपालिका बैठकमा त्यसलाई लागु गरेर जाने जानकारी दिएका छन् ।

यस क्षेत्रका स्थानीयहरुले यो भन्दा अगाडीको मापदण्डको बारेमा पुनः विचार गर्नुपर्छ भनेको पनि आफुहरुले सुनेको बताए । उनले यी यावत सबै कुरालाई मध्यनजर गर्दै आफुहरुले एउटा ठोस् निर्णय लिने प्रतिक्रिया दिएका छन् । तर उनले जुन ढंगबाट फिर्के खोलामाथी नै तार झाली लगाएर बाल उठाएर खोला नै अतिक्रमण गर्ने काम भएको छ यो कार्य गलत भएको स्पष्ट पारेका छन् ।

उनले जतिपनि दाजुभाई दिदीबहिनीहरु जो फिर्के वरिपरि बसेका छन् उनीहरुलाई अब कुनैपनि नयाँ संरचना नबनाउन आग्रह गरेका छन् । महानगर प्रमुख आचार्यले फिर्केको मापदण्ड के हो र यसले आगटेको ठाउँ कति छ भन्ने कुरा अब छिटै यसको डिमाक्केशन गर्ने र त्यसपछि मात्र के बनाउन पाउने र के बनाउन नपाउने भन्ने कुराहरु अनुमति लिएर नक्सा पास गरेर मात्रै बनाउन सकिने पनि जानकारी दिए ।

उनले आफुहरु शासक नभइ सहयोगी भएको र यहाँको सम्पदालाई बचाउने कर्तव्य हामी सबैको भएकोले अतिक्रमण गर्ने जस्तो गैरजिम्मेवार र अवैधानिक काम नगर्न अनुरोध पनि गरेका छन् । यस्तै नागरिक समाज कास्कीका संयोजक राम बहादुर पौडेलले सामाजिक संस्था, साम्प्रदायिक संस्था, शैक्षिक संस्था र जातिय संस्थाका नाममा भू–माफियाहरु संगठित भएर चलखेल गर्ने कार्य गरेको बताएका छन् ।

उनले दिएको जानकारी अनुसार उनीहरुको रणनीति नै कसरी हुन्छ फिर्केलाई पेलेर आफु सम्पन्नशाली बन्ने र पोखरालाई कुरुप बनाउने कार्यमा लागेको बताए । २०३२ सालमा फिर्के खोलाको जुन प्राकृतिक वहाव थियो अहिले यस खोलालाई पूरै ढलमा परिर्णत गरेको र १५० रोपनी जग्गा अतिक्रमण भएको बताए ।

उनले २०२३ सालको नक्साको आधारमा नै छानबिन गर्नुपर्ने र त्यो नै मूख्य प्रमाण हुने पनि स्पष्ट पारेका छन् । पौडेलका अनुसार फिर्के अतिक्रमण तिव्र रुपले बढ्दै गएको बताउँदै यसलाई रोक्न महानगर, प्रशासन र अख्तियारमा पटकपटक निवदेन दिएको पनि बताए । हाल अँधेरीकुनादेखि फेवातालसम्म फिर्के खोलाको मापदण्ड मिचिएर झण्डै २ सय संरचनाहरु बनेका छन् ।

 

प्रतिक्रिया लेख्नुहोस्:-

खेलकुद

पाँचौ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उपाधी महेन्द्र मा.वि लाहाचोकलाई

गण्डकी प्रदेश

पोखरामा मनाइयो ३२ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस

अर्थ

केभसिटि पर्यटन सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

खेलकुद

हिसान कास्की स्पोर्टस मिट : तेश्रो दिन व्याडमिन्टनका प्रतिस्पर्धाहरु सम्पन्न, अन्य खेल जारी

खेलकुद

पाँचौ युनिप्स खेलकुद महोत्सवको उपाधि वेलनन एकेडेमीले जित्यो

खेलकुद

आर्मीलाई हराउँदै मधेश प्रदेशले जित्यो केपी ओली कपको उपाधि

ताजा खबरहरु

पाँचौ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उपाधी महेन्द्र मा.वि लाहाचोकलाई

पोखरामा मनाइयो ३२ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस

केभसिटि पर्यटन सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

प्रमुख मिडिया प्रा.लि.
 पोखरा २,अर्चलबोट 
कम्पनी रजिस्ट्रार दर्ता नं. २७२८८५/७८/७९
सूचना विभाग दर्ता नं. ३३५७-२०७८/७९
विज्ञापनका लागि : ९८४६२७८७२९, ९८४६०१८१८०
ईमेल [email protected] 

हाम्रो टिम:
सम्पादक 
सन्तोष पराजुली
सह-सम्पादक
सरिता गुरुङ
संवाददाता 
संजय थापा
फोटो पत्रकार
विमल थापा

सामाजिक सञ्जाल

© 2018 - 2021 Pramukh Khabar - Designed by: MPG Solution.

  • English
  • Pramukh Khabar
  • Pramukh Post
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • समाचार
    • गण्डकी प्रदेश
    • राजनीति
    • अन्तराष्ट्रिय
  • शिक्षा/स्वास्थ्य
  • समाज
  • मनोरंजन
  • खेलकुद
  • Login

© 2020 Pramukh Khabar | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In