Preeti to unicode
  • Login
Pramukh Khabar
Advertisement
  • समाचार
    • गण्डकी प्रदेश
    • राजनीति
    • अन्तराष्ट्रिय
  • शिक्षा/स्वास्थ्य
  • समाज

    पाँचौ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उपाधी महेन्द्र मा.वि लाहाचोकलाई

    पोखरामा मनाइयो ३२ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस

    केभसिटि पर्यटन सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

    हिसान कास्की स्पोर्टस मिट : तेश्रो दिन व्याडमिन्टनका प्रतिस्पर्धाहरु सम्पन्न, अन्य खेल जारी

    पाँचौ युनिप्स खेलकुद महोत्सवको उपाधि वेलनन एकेडेमीले जित्यो

    आर्मीलाई हराउँदै मधेश प्रदेशले जित्यो केपी ओली कपको उपाधि

    Load More
  • मनोरंजन
  • खेलकुद
  • विचार/अन्तर्वार्ता
  • विज्ञान/प्रविधि
  • कला/साहित्य
English
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Pramukh Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Pramukh Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

शिवालय माध्यमिक विद्यालयमा शिक्षकलाई  नगद सहित सम्मान

प्रमुख खबर प्रमुख खबर
२०७९, २६ फाल्गुन शुक्रबार २२:३०
108
SHARES
1.1k
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, फागुन २६ ।।

कास्कीको रूपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयमा निजी स्रोतमा कार्य गरेका एक शिक्षकलाई नगद रु. ४० हजार रुपैयाँसहित सम्मान गरी बिदाइ गरिएको छ ।

शुक्रबार विद्यालयमा आयोजित शिक्षक बिदाइ तथा सम्मान कार्यक्रममा झण्डै १७ वर्षसम्म निजी स्रोतमा रही कार्य गरेका शिक्षक सुकबहादुर थापालाई विद्यालयले नगदसहित सम्मान गर्दै बिदाइ गरेका हो । २०६२ देखि विद्यालयमा कार्य गरेका उनले उमेर हदका कारण गत फागुन १ गतेदेखि स्वैच्छिक अवकाश लिएका थिए । उनले विद्यालयमा कार्यरत रहँदा गरेको योगदानको कदर गर्दै नगदसहित सम्मान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनपति ओझाले जानकारी दिए ।

उनीसँगै शिक्षिकात्रय बिना तिमिल्सिना , पार्वती श्रेष्ठ र सङ्गीता ओझालाई पनि सम्मानसहित बिदाइ गरिएको थियो । तिमिल्सिना र ओझा शिक्षक सेवा आयोगबाट स्थायी शिक्षकमा सिफारिस भएकाले र श्रेष्ठको सरुवा भएकाले विद्यालयबाट बिदाइ गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनपति ओझाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि रूपा गाउँपालिका, वडा नम्बर २ का वडा अध्यक्ष राजन सुवेदीले विद्यालयको चौतर्फी विकासका लागि बिदाइ भएर गएका शिक्षकहरूले गरेका योगदानको प्रशंसा गरे ।

विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्षसमेत रहेका सुवेदीले आफू अध्यक्ष हुँदा विद्यालयको विकासका लागि गरिएका प्रयासहरूमा सबैले होस्टेमा हैँसे गरेको स्मरण गरे । कार्यक्रममा बिदाइ भएर जाने शिक्षकहरूले विद्यालयले प्रविधिमैत्री ढङ्गले सञ्चालन गरेको सिकाइ सहजीकरण प्रक्रिया जहाँ गए पनि बिर्सन नसक्ने धारणा राखेका थिए । उनीहरूले शिक्षकको क्षमता वृद्धि र उत्प्रेरणामूलक कार्यमा विद्यालयले गरेको सहयोगले जुनसुकै ठाउँमा गएर पनि शिर ठाडो गर्न सकिने परिस्थिति सिर्जना गरेको स्मरण गरे ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावी, पूर्व प्रधानाध्यापक जयराम सुवेदी, शिक्षक–अभिभावक सङ्घकी शिक्षक प्रतिनिधि शान्ता तिमल्सेना, शिवालय बाल क्लबकी अध्यक्ष करिना ओझालगायतले बिदाइ भएर जाने शिक्षकहरूलाई बधाई र शुभकामना दिएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

खेलकुद

पाँचौ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उपाधी महेन्द्र मा.वि लाहाचोकलाई

गण्डकी प्रदेश

पोखरामा मनाइयो ३२ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस

अर्थ

केभसिटि पर्यटन सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

खेलकुद

हिसान कास्की स्पोर्टस मिट : तेश्रो दिन व्याडमिन्टनका प्रतिस्पर्धाहरु सम्पन्न, अन्य खेल जारी

खेलकुद

पाँचौ युनिप्स खेलकुद महोत्सवको उपाधि वेलनन एकेडेमीले जित्यो

खेलकुद

आर्मीलाई हराउँदै मधेश प्रदेशले जित्यो केपी ओली कपको उपाधि

ताजा खबरहरु

पाँचौ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उपाधी महेन्द्र मा.वि लाहाचोकलाई

पोखरामा मनाइयो ३२ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस

केभसिटि पर्यटन सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

प्रमुख मिडिया प्रा.लि.
 पोखरा २,अर्चलबोट 
कम्पनी रजिस्ट्रार दर्ता नं. २७२८८५/७८/७९
सूचना विभाग दर्ता नं. ३३५७-२०७८/७९
विज्ञापनका लागि : ९८४६२७८७२९, ९८४६०१८१८०
ईमेल [email protected] 

हाम्रो टिम:
सम्पादक 
सन्तोष पराजुली
सह-सम्पादक
सरिता गुरुङ
संवाददाता 
संजय थापा
फोटो पत्रकार
विमल थापा

सामाजिक सञ्जाल

© 2018 - 2021 Pramukh Khabar - Designed by: MPG Solution.

  • English
  • Pramukh Khabar
  • Pramukh Post
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • समाचार
    • गण्डकी प्रदेश
    • राजनीति
    • अन्तराष्ट्रिय
  • शिक्षा/स्वास्थ्य
  • समाज
  • मनोरंजन
  • खेलकुद
  • Login

© 2020 Pramukh Khabar | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In