पोखरा,१ चैत ।।
नेपाल दलित मुक्ति मोर्चा गण्डकी प्रदेश समितिको प्रथम प्रदेश सम्मेलन चैतको अन्तिम साता पोखरामा हुने भएको छ । ने.क.पा. (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा दलित मोर्चा केन्द्रीय फ्याक्सन इन्चार्ज, संबिधान सभा सदस्य क. परशुराम रम्तेलको प्रमुख आतिथ्यतामा सम्पन्न मोर्चा प्रदेश बैठकले चैत २९ र ३० गते प्रदेश सम्मेलन तय गरेको हो ।
“आजको उपलब्धीको रक्षा एबं प्रयोग गर्दै बिशेषाधिकार प्राप्तिकोे लागि शसक्त आन्दोलन ! पुर्ण समानुपातिक प्रतिनिधित्व, सामाजिक न्याय, सुशासन र समुद्धिको पक्षमा प्रथम प्रदेश सम्मलेन !!” भन्ने नारा सहित गण्डकी प्रदेशको प्रथम प्रदेश सम्मेलन हुने प्रदेश संयोजक भिम बहादुर बि.क. क्षितिजले बताए ।
बैठकले सम्मेलनको लागि भिम बहादुर बि.क. क्षितिजको संयोजकत्वमा १३१ सदस्यीय आयोजक समिति र सम्मलेन व्यवस्थापनको लागि बिभिन्न उप-समितिहरु बनाएको छ ।
राजनैतिक तथा संगठनात्मक प्रतिवेदन उप-समितिमा भिम क्षितिजको संयोजकत्वमा सदस्यहरु डिल बहादुर सेन्चुरी, दुर्गा दर्जी र दमयन्ती रुचाल, प्रचार प्रसार उप-समिति डिल बहादुर सेन्चुरीको संयोजकत्वमा सदस्यहरु रुकबिर सुनार, दुर्गा रसाइली नवलपूर, होम बि.क. लमजुङ, बालकुमारी सुर्खाली, आर्थिक व्यवस्थापन उपसमितिमा कुविर बिश्वकर्माको संयोजकत्वमा सदस्यहरु जिल्ला इन्चार्जहरु र जिल्ला संयोजकहरु, मेश मञ्च व्यवस्थापन उपसमितिमा डम्मर बहादुर परियारको संयोजकत्वमा सदस्य डिल बहादुर नेपाली रहेका छन ।
यस्तै अतिथी सत्कार उप-समितिमा लाल बहादुर परियारको संयोजकत्वमा सदस्यहरु पहलसिंह बिश्वकर्मा, संगिता परियार, स्वंयमसेवक उपसमितिमा धिरेन्द्र बिश्वकर्माको संयोजकत्वमा सदस्यहरु रुद्र बहादुर बि.क., छ प्रसाद श्रीपाली, अनिल बि.क, सरु श्रीपाली , प्रतिनिधि व्यवस्थापन उपसमितिमा टिका कुमारी बि.क.को संयोजकत्वमा सदस्यहरु नेत्र बहादुर सुनार, पृथलाल बि.क., सांस्कृतिक उपसमितिमा डिल बहादुर परियारको संयोजकत्वमा सदस्य याम बहादुर गोतामे, आवास व्यवस्थापन उपसमितिमा सरस्वती परियार र निर्वाचन समिति शिव सुनारको संयोजकत्वमा सदस्यहरुः तेज बहादुर मिजार र सुकमाया परियार रहेका छन् ।
गण्डकी प्रदेशको ११ वटा जिल्लाका ८५ वटै पालिकाहरुबाट प्रतिनिधित्व हुने सम्मेलनमा ४३३ जना प्रतिनिधीको सहभागीता हुने बताइएको छ । यस्तै मोर्चाको छैटौं राष्ट्रिय सम्मेलन २०८० बैशाख २३, २४ र २५ गते काठमाडौं हुनेछ ।
प्रतिक्रिया लेख्नुहोस्:-