देशका केही स्थानको मौसम आज बिहीबार बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरू तथा तराई भू-भागका एक-दुई स्थानमा अपराह्णतिर मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक र हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आज राति देशको पहाडी भू-भागहरूमा आंशिक देखी सामान्य बदली तथा बाँकी क्षेत्रमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-