पोखरा ।
नेपाल भूतपूर्व खेलाडी मञ्च र पोखरा क्रिकेट एकेडेमीले सिनियर राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसीसहित यू–१९ राष्ट्रिय क्रिकेट टोलीका सदस्य सुभाष भण्डारी, अर्जुन कुमाल र दिपकराज डुम्रेलाई सम्मान गरेको छ ।मञ्च र एकेडेमीले उनीहरुलाई एक कार्यक्रमका विच नगद सहित सम्मान गरेको हो ।
गत चैत्र २ गते सम्पन्न लिग टु क्रिकेटमा नेपाललाई क्वालिफायर राउण्डमा पुर्याउन भूमिका खेल्ने नेपाली राष्ट्रिय टोलीका सदस्य करण केसीलाई मञ्चले नगद २० हजार सहित सम्मानपत्रले सम्मानित गरेको छ ।
त्यसै गरी यू–१९ विश्वकपमा पुर्याउन भूमिका खेल्ने गण्डकी प्रदेशका सुभाष भण्डारी , अर्जुन कुमाल र दिपकराज डुम्रेलाई जनही नगद ५ हजार नगद र सम्मानपत्रले सम्मान गरेको छ । उनीहरुलाई पोखरा क्रिकेट एकेडेमीले जनही नगद ५÷५ हजार प्रदान गरी सम्मानित गरेको छ ।
आईसीसी विश्वकप लिग टु का खेलमा करणले कुल ५० विकेट लिंदै सानदार प्रर्दशन गरेका थिए भने सन् २०२४ मा श्रीलंकामा हुने विश्वकपमा छनोट भएका यु–१९ का ३ जना खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
सो अवसरमा बोल्दै मञ्चका कार्यबाहक अध्यक्ष दिल बहादुर गुरुङले नेपाली राष्ट्रिय क्रिकेट टिमले राष्ट्रको झण्डा अन्तर्राष्ट्रियस्तरमा फहराउन खेलेको भूमिका गर्वको विषय रहेको बताउँदै अब उनीहरु व्यक्तिगत नभइ सार्वजनिक व्यक्ति भइसकेको र उनीहरुमा जिम्मेवारी बढेको बताएका छन् ।
पोखरा रंगशालामा रहेको क्रिकेट मैदानको पनि छिटो स्तरोन्नति हुनुपर्ने उल्लेख गर्दै पोखरा रंगशालासहितका क्रिकेट स्टेडियमहरु यथासिघ्र स्त्तरोन्ती हुन सके भावी दिनहरुमा मैदान खोज्दै हिड्नु नपर्ने बताए ।
उनले खेलकुदका संरचना निर्माण गर्न राज्यलाई दवावमुलक कार्यक्रम गर्नुपर्ने औल्याउँदै त्यसका लागि मञ्च सहयोग गर्न तत्पर रहेको उल्लेख समेत गरे ।
कार्यक्रममा बोल्दै मञ्चका निवर्तमान अध्यक्ष तथा प्रदेश खेलकुदका निवर्तमान सदस्य सचिव तेज बहादुर गुरुङले राज्यले के दियो भन्दा पनि खेलाडीले आफ्नो खेल जिवनले दिएको संस्कारलाई विर्सन नहुने बताए ।
क्रिकेटले यतिबेला ठूलो उपलव्धी हासिल गरेको र यो हाम्रो लागि गौरवको विषय भएकोले यसलाई कायम गर्न खेलाडीले आफ्नो अनुशासनलाई कायम गर्दै आफूलाई समाजको विकासमा रुपान्तरणमा अघि बढाउनु पर्ने पनि जनाएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-