काठ्माण्डौं ।
राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरिएको छ । शुक्रबार एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन् ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ । जसमध्ये महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ र पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५ सय ५१ रहेको छ ।
राष्ट्रिय योजना आयोगले राष्ट्रिय तथ्यांक कार्यालय मार्फत २५ कात्तिकदेखि ९ मंसिर २०७८ सालको जनगणना संकलन गरेको थियो । त्यसको प्रारम्भिक नतिजा गत वर्ष माघमै सार्वजनिक गरिएको थियो ।
प्रारम्भिक रिपोर्टमा नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० छ । नेपालमा हरेक १०–१० वर्षमा राष्ट्रिय जनगणना हुँदै आएको छ ।गत २०६८ सालको जनगणना अनुसार कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो ।
जनगणनाको नतिजाअनुसार जनघनत्व ९प्रतिवर्ग किलोमिटर क्षेत्रफलमा रहेको जनसंख्या० १९८ जनाप्रतिवर्ग किलोमिटर रहेको छ, जुन २०६८ सालमा १८० वर्ग कि।मि। मात्र थियो ।
त्यस्तै भौगोलिक क्षेत्रअनुसार तराईमा कुल जनसंख्याको ५३।६१ प्रतिशत ९१ करोड ५६ लाख ३४ हजार ६ जना०, पहाडमा ४०।३१ प्रतिशत ९१ करोड १७ लाख ५७ हजार ६२४ जना० र हिमाली क्षेत्रमा ६।०८ प्रतिशत ९१७ लाख ७२ हजार ९४८ जना० जनसंख्या रहेको छ ।
प्रदेशगत रुपमा जनसंख्याको वितरण हेर्दा सबैभन्दा धेरै जनसंख्या बागमती प्रदेशमा २०।९७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ५।७९ प्रतिशत रहेको छ ।
जिल्लागत रुपमा सबैभन्दा बढी जनसंख्या भएको जिल्ला काठमाडौं ९२० लाख ४१ हजार ५८७ जना० र सबैभन्दा कम जनसंख्या भएको जिल्ला मनाङ ९५ हजार ६५८ जना० हो ।
प्रतिक्रिया लेख्नुहोस्:-