काठ्माण्डौं ।
विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) वरीयतामा नेपाली महिला फुटबल टोलीको ३ स्थान सुधार भएको छ । फिफाले शुक्रबार सार्वजनिक गरेको वरीयतामा नेपालले ३ स्थान सुधार गरेको हो ।
यसअघि १०३ औँ स्थानमा रहेको नेपाल यसपटक भने १ हजार २ सय ५ अंकका साथ १०० औं स्थानमा उक्लिएको छ । यता, एसियाली राष्ट्रको वरीयतामा भने नेपाल २० औँ स्थानमा रहेको छ ।
त्यस्तै शुक्रबार सार्वजनिक भएको वरीयताका शिर्ष स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा जर्मनी रहेको छ । यस्तै तेस्रोमा स्विडेन, चौँथोमा इङ्ल्याण्ड, प्रान्स पाँचौं, क्यानडा छैटौँ र सातौं स्थानमा स्पेन आउन सफल भएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-