पोखरा ।
गण्डकी प्रदेश सरकारले चैते दशैंको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । यही चैत १५ गते बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
यस दिन प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक विदा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता चुण्डिका पौडेलले जानकारी दिएका छन् ।आन्तरिक मामिला तथा कानुन मन्त्रालयको मन्त्रिपरिषद्को २०७८ चैत्र १८ गतेको निर्णय अनुसार सार्वजनिक विदा दिइएको जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-