पोखरा ।
नेत्र ज्योति संघको आयोजना र नेपाल पत्रकार महासंघको समन्वयमा एक दिने निःशुल्क आँखा शिविर कार्यक्रम संञ्चालन भएको छ । नेपाल पत्रकार महासंघ कास्कीको परिसरमा सोमबार उक्त शिविर संञ्चालन भएको हो ।
विशेषगरी यस शिविर नेपाल पत्रकार महासंघको ६७ औं र नेत्र ज्योति संघको ४५ औं स्थापना दिवसको अवसरमा संञ्चालन गरिएको हो । सो शिविरमा १ सय ८२ जना पत्रकारको आँखा चेकजाँच गरिएको छ ।
चेकजाँच गरिएका मध्ये ३५ जनालाई चस्मा र १ सय ५ जनालाई औषधी वितरण गरिएको नेत्र ज्योति संघ कास्कीका अध्यक्ष कृष्ण बहादुर गुरुङ्गले जानकारी दिएका छन् । त्यस्तै सो शिविरमा चेकजाँचका लागि सहभागी भएका १६ जनालाई भने हिमालयन आँखा अस्पताल घारिपाटन रिफर गरिएको छ ।
“हाम्रो कर्तव्य हाम्रो जिम्मेवारी आँखा सेवामा साझेदारी” भन्ने नारालाई सार्थकता प्रदान गर्दै सामाजिक उत्तरदायित्वको भुमिका निर्वाह गर्न राष्ट्रको चौथों अंगको रुपमा रहेका पत्रकारहरुका लागि शिविर संञ्चालन गर्ने केन्द्रको नीति बमोजिम गण्डकी प्रदेशको लागि पोखरामा यस एक दिने निःशुल्क आँखा शिविर सञ्चालन भएको हो ।
प्रतिक्रिया लेख्नुहोस्:-