काठ्माण्डौं ।
चिनियाँ नागरिकसहित १९ जनालाई प्रहरीले पक्राउ गरेको छ । अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न भएको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । काठ्माण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई बुधबार सार्वजनिक गरेको छ ।
प्रहरीका अनुसार उनीहरुले राजधानीमा अवैध रुपमा कार्यालय सञ्चालन गरि ह्वाट्सएपमार्फत विभिन्न व्यक्तिसँग कुराकानी गरी टेलिग्राममा अपरेशन टिचर नामक च्यानलमार्फत कक्षा सञ्चालन गरेर ठगी गरेको पाइएको छ । पक्राउ पर्नेमा ९ जना चिनियाँ नागरिकसहित १० जना नेपाली पनि रहेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-