संजय थापा
पोखरा,१५ चैत्र ।।
ऐतिहासिक पृष्ठभुमी बोकेको पोखरा १६ बाटुलेचौरमा अवस्थित कालिका मन्दिरमा चैते दशैको अबसर पारेर पूजापाठ सम्पन्न गरिएको छ । कोतमाम्लियत व्यवस्थापन समितिका अध्यक्ष दुर्गा के.सी. थापाकोअध्यक्षतामा भएको कार्यक्रममा राजा कुल मण्डल शाहको पालादेखी पुजा आजा तथा भजन कृतन कार्यक्रमलाई नियमित गर्दै र हिन्दु धर्म तथा संस्कृतीको जगेर्ना गर्नको लागि कालिका मन्दिर परिसरमा कालिका मन्दिर तथा कोतमाम्लियत व्यवस्थापन समितिको आयोजनामा कालिका मन्दिरको प्राङ्गण र कालिका माताको चरणकमलमा चैत्राष्ठमीको अवसर पारेर शक्तिको प्रतिक कालिका माताको पुजा, चण्डी पाठ, हुमन गरी वेलपत्र तथा फुलपत्र चढाउने कार्य भएको थियो ।
मन्दिरका मुल पण्डित श्री नारायण प्रसाद देबकोटा लगायत अन्य स्थानिय पण्डितहरुको उपस्थितिमा पुजा सम्पन्न गरिनुका साथै उपस्थित भक्तजनहरुलाई कालिकामाताको प्रसाद वितरण गरिएको मन्दिर व्यवस्थापन समितिका सह- सचिब कुल बहादुर खत्रीले प्रमुख खवर डट कमलाई जानकारी दिनु भयो ।
कार्यक्रममा आर्थिक संकलन कोषाध्यक्ष बलराम भट्टराईले गर्नुभएको थियो । सोही कार्यक्रममा शुक्ला साहित्य प्रतिष्ठान, राष्ट्रिय परोपकार महासंघ पोखरा १६ तथा लामाचौर भजन समुहका सदस्यहरुद्धारा कालिका भगवती माताको भजन कृतन प्रस्तुत गर्नुका साथै परम्परागत बाजा झ्याली, दमाहा तथा नरसिंगा बाजाको धुन पनि प्रस्तुत गरिएको थियो भने कार्यक्रम संचालन मन्दिर व्यवस्थापन समितिका सह- सचिब कुल बहादुर खत्रीले गर्नु भएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-