जनकपूर ।
आज राम नवमी पर्व, भगवान श्रीरामको पूजा आराधना गरी देशभर मनाइदैँछ । हरेक वर्ष चैत्र शुक्ल नवमीका दिन देशभर श्रद्धा र भक्तिपूर्वक यो पर्व मनाउने गरिन्छ ।
चैत्र शुक्ल नवमी तिथिमा पर्ने आजको दिनलाई भगवान श्रीरामको जन्मदिनको रूपमा लिने गरिन्छ । यो पर्व चैत्र नवरात्रको बीचमा आउने भएकाले यो दिन भगवान श्री रामका साथै नवदुर्गा देविको पनि पूजा हुन्छ ।
त्रेता युगमा चैत्र शुक्ल नवमीका दिन अयोध्यामा जन्मिएका रामले दानवीय प्रवृत्तिका रावणको अन्त्य गरी जन कल्याण गरेको सम्झनामा यो पर्व मनाइने गरिएको हो । आजका दिन व्रत बसी रामको पूजापाठ र जप ध्यान गर्नाले चिताएको कार्य पूरा हुने जनविश्वास छ ।
त्यस्तै आजको दिन जनकपुरको रामजानकी मन्दिरमा भव्य पूजाआजा हुने गर्छ । यस राम नवमी पर्वको अवसरमा आज मधेर प्रदेश सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-