पोखरा ।
पोखरा महानगरपालिका वडा नं। ७ ले सडक किनारामा पर्ने मापदण्ड बिपरित बनेका संरचना भत्काएको छ । आज शान्तिनगर बराल पेट्रोलपम्प देखि हेप्पी बोर्डिङ स्कुलसम्म १२० मिटर शिव मार्गको २८ फिट चैडाइमा पर्ने घर, पर्खाल लगायतको संरचना भत्काएको हो ।
वडा अध्यक्षको संयोजकत्व, महानगरको प्राबिधिक सहयोगमा नगर प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि, नागरिक समाज र स्थानीयहरुको सक्रियतामा मापदण्ड विपरित बनेका संरचना भत्काइने कार्य भएको हो ।
वडाले सोमबार स्थानीयहरुसंग बैठक बसि हटाउने निर्णय गरेको वडा अध्यक्ष राममोहन आचार्यले बताए । अध्यक्ष आचार्यले भने (ू बिगतका बर्षहरुमा पनि यो बाटोको स्तरोन्नतिको लागि बजेट बिनियोजन गर्ने गरेको थियो तर काम हुन सकेको थिएन ।
यस बर्ष उक्त बाटो मैले प्राथमिकतामा राखेको थिए । अब यो बाटो स्तरोन्नति गर्न सके यो बर्ष सफल हुनेछ । यसका लागि ४५ लाख छुटाइएको छ ।
स्थानीयहरुका अनुसार बिगतका बर्षमा यसरी वडाबाट मापदण्ड बिपरितका संरचना भताकाइने भन्दै पत्र काटिए पनि काम भने हुन सकेको थिएन । अहिलेको अध्यक्षले कामनै गरेर देखाएको भन्दै प्रसंशा समेत गरेका छन ।
यस्तै अध्यक्ष आचार्यले सहि काम गर्दा केहि अवरोध आए पनि कानुन सम्मतका काम गर्न पछि नहट्ने र कानुन बिपरितका काम गर्नेलाई दण्डसजाय वा कार्वाही गरि निरुत्साहित गर्ने बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-