सरिता गुरुङ्ग
पोखरा ।
पेशागत दक्षता र अन्तर्राष्ट्रिय रुपमा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न देशभित्र विभिन्न शैक्षिक संस्थाहरु स्थापना भईसञ्चालनमा रहेको भएतापनि सर्वसुलभ नरहेको अवस्था छ ।
विशेषगरी हाम्रा विश्वविद्यालयमा कार्यक्रमको सिफ्ट, समय र प्रविधिले कतिपय विद्यार्थीहरुको मागलाई सम्बोधन गर्न नसकेको अवस्था पनि छ । यसै तथ्यलाई ध्यानमा राख्दै पोखरा लिङकन इन्टरनेश्नल कलेजले एम.बि.ए.को कक्षा सञ्चालन गर्ने भएको छ ।
पोखराको सिमलचौरमा अवस्थित यस कलेजमा विगत १२ वर्ष देखि स्नातक तहमा बि.बि.ए. र बि.एच.एम.को पठन–पाठन हुँदै आएको र यसै शैक्षिक सत्र देखि एम.बि.ए.(मास्टर इन बिज्नेश एड्मिनेष्टे«शन)को कक्षा पनि सञ्चालन हुुने भएको हो ।
आइतबार कलेजले पत्रकार सम्मेलनको आयोजना गरि यस विषयमा जानकारी दिएको हो । कलेजका अनुसार कक्षा सञ्चालन अप्रिल पहिलो साताबाट हुने भएको छ ।
यस शैक्षिक कार्यक्रमको मुख्य लक्ष्य बैंक, वित्तिय संस्था, नेपाल सरकारका कर्मचारी वा कुनै फर्म वा व्यवसायमा संलग्न भएका तर हालका सिफ्टहरुमा अध्ययन गर्न समय अनुकुल नभएका विद्यार्थीहरुलाई स्नातकोत्तर तहको शिक्षाको अवसर प्रदान गर्ने रहेको कलेजका अध्यक्ष शेर बहादुर गुरुङले जानकारी दिएका छन् ।
उनले विविध कारणले भौतिक कक्षामा उपस्थित हुन असमर्थ हुने विद्यार्थीहरुका लागि समेत स्माट प्रविधिको प्रयोगद्धारा कार्यालय वा कलेज बाहिर रहदाँ पनि कक्षा लिन सकिने आधुनिक र फरक प्रणालीलाई आफुहरुले अंगिकार गर्ने प्रयास गरेको बताएका छन् ।
अध्यक्ष गुरुङले यस दुई वर्ष (चार सेमेष्टर) को कोर्स पूरा गरी न्यूनतम शुल्कमा आफ्नै घर–आगँनबाट प्रविधिको प्रयोग गरी अन्तर्राष्ट्रिय स्तरको उपाधि हासिल गर्न सकिने र कयौं विद्यार्थीहरु लाभान्वित हुने विश्वास व्यक्त गरेका छन् ।
दुई बर्षीय उक्त कोर्ष पूरा गर्न करिब ४ लाख ६५ हजार शुल्क लाग्ने छ भने २५ हजार रुपैयाँ धरौटी स्वरुप उक्त कोर्ष सकिए लगतै फिर्ता हुने भएको छ ।
त्रिभुवन विश्वविद्यालयको समकक्षता, नेपाल सरकारबाट स्विकृत प्राप्त गर्नुका साथै मित्र राष्ट्र मलेसियाको लिङकन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भएबाट नै अन्य शैक्षिक संस्थाको तुलनामा यस संस्थाबाट प्रदान गरिने उपाधिको अन्तर्राष्ट्रिय विश्वसनीयता थप बढी रहेको पनि अध्यक्ष गुरुङले स्पष्ट पारेका छन् ।
पहिलो ब्याचमा अधिकत्तम ३० जनासम्म राखि यस कोर्षको अध्ययन सञ्चालन गरिने कलेजका एकेडेमीक प्रमुख अनिल अर्यालले बताएका छन् । उनले दिएको जानकारी अनुसार कक्षा सञ्चालन सबैको पायक पर्ने समय बेलुकी ५ः३० देखि साँझ ८ः३० बजेसम्म गरी ३ घण्टाको कक्षा हुने जनाएका छन् ।
बेलुकीको समयमा कक्षा सञ्चालन गरिने भएकोले आफुहरुले अपेक्षा गरे भन्दा बढीको माग हुने उनले विश्वास व्यक्त गरेका छन् । प्रमुख अर्यालका अनुसार उच्च शिक्षा र मास्टर्ससम्मको शिक्षा हासिल गर्न विदेशीने युवाहरुलाई स्वदेशमै अन्तराष्ट्रिय स्तरको शिक्षा दिने उद्धेश्यले आफुहरुले सानो प्रयास गरेको बताए ।
स्मरण होस्ः नेपालको शैक्षिक इतिहासमा नीजी क्षेत्रको लगानी शुरु भएसँगै वि.स. २०३९ मा पोखरा–१, बगरबाट लिटिल स्टेप विद्यालयको नाममा प्रारम्भ भएको यस शैक्षिक संस्थाले विद्यार्थीहरुको चाहनालाई सम्बोधन गर्दै २०५५ र २०५६ मा ं+२ तर्फ विज्ञान र व्यवस्थापन विषयको कक्षा प्रारम्भ गरेको थियो ।सो कक्षाहरु सफलतापूर्वक सञ्चालन गर्दै आएकोमा २०६४ बाट होटल म्यानेजमेण्टको पठन–पाठन समेत हुँदै आईरहेको छ ।
त्यस्ते विश्व बजारको मागलाई दृष्टिगत गरी मलेसियाको लिङकन विश्वबिद्यालयबाट सम्बन्धन लिई यस कलेजले सन् २०१२ देखि स्नातक तहमा बि.बि.ए र बि.एच.एम को पठन–पाठन समेत गर्दै आईरहेको छ । जसअन्तर्गत सो तहमा हालसम्म यस कलेजका विद्यार्थीहरुले नेपालमा नै उत्कृष्ट नतिजाहरु पनि प्राप्त गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-