पोखरा ।
पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा अन्तरगतको व्यवसाय प्रवर्द्धन केन्द्र ९विपिसी० को आयोजनामा १५ दिने चप्पल बनाउने तालिम सुरु भएको छ ।
पोखरा महानगरपालिका वडा नं। १५ मा सुरु गरिएको उक्त तालिमको वडा अध्यक्ष बोध बहादुर कार्कीले उद्घाटन गर्नुभएको हो । तालिमको उद्घाटन गर्दै अध्यक्ष कार्कीले तालिमले महिला दिदीबहिनीहरूको सीप विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । महिलाहरूलाई आर्थिक सशक्तीकरण सहित अर्थोपार्जनका गतिविधिमा सहभागी बनाउन आवश्यक रहेकामा जोड दिँदै अध्यक्ष कार्कीले वडावासीहरूको क्षमता विकासका लागि यस्ता प्रकारका कार्यक्रमहरू निरन्तर हुनुपर्ने बताउनुभयो ।
व्यवसाय प्रवर्द्धन केन्द्र ९वि पिसी० का प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले सिप विकास सहितको रोजगारी सृजना आजको आवश्यकता भएको बताउनुभयो । महिला दिदीबहिनीहरूलाई सिप सिकाउँदै उद्यमशील बनाउने र आयआर्जनका लागि हौसला प्रदान गर्दै सहुलियत दरमा ऋण तथा अनुदानका कार्यक्रम समेत सञ्चालन गरिरहेको जानकारी दिनुभयो । महानगरपालिका भित्रको बेरोजगार समस्यालाई न्यूनीकरणका लागि विशेष गरी महिला तथा युवाहरूलाई उद्यमसँग जोड्ने गरी महानगरपालिका अगाडी बढेको उहाँले बताउनुभयो ।
तालिममा सविता श्रेष्ठ रञ्जित र सुविना विसुङ्खे लगायतले प्रशिक्षण गर्नुहुनेछ । तालिममा १० थरिका चप्पलहरू बनाउन सिकाइने छ । तालिममा ३ आमा समूहका ३० जना महिला दिदीबहिनीहरूको सहभागिता रहेको छ । तालिम पोखरा महानगरपालिका वडा १४ स्थित रामेश्वरकी आमा समूहको भवनमा सञ्चालन भइरहेको छ ।
वडा स्तरीय व्यवसाय प्रवर्द्धन समिति पोखरा १४ की संयोजक शान्ता देवकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत महिला सदस्य तनुजा थापा सिके र सञ्चालन सुजता शर्मा ढकालले गर्नुभएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-