पोखरा ।
“राष्ट्रका लागि संगीत अभियात्रा” अन्तर्गत वरिष्ठ जनवादी कलाकारहरुले पोखरामा जनवादी गीत प्रस्तुत गर्ने भएका छन् । पोखरा उद्योग वाणिज्य संघको हलमा मंगलबार दिउँसो १ बजेदेखि जनवादी गायक÷गायीकाहरुले जनवादी साङ्गीतिक प्रस्तुत दिने भएको हो । पोखरामा आज पत्रकार सम्मेलनको आयोजना गरि सो कार्यक्रमको विषयमा जानकारी दिइएको छ ।
करीब साढे दुई घण्टाको कार्यक्रममा जनवादी गायक, गीतकार तथा संगीतकार माधव प्रधान, मणी थापा, उदय श्रेष्ठ, ओम श्रेष्ठ, चिरन सी, कर्ण विद्रोहीले प्रस्तुती राख्ने जनाइएको छ ।
त्यस्तै, जनवादी गायक तथा संगीतकारहरु निलिमा पुन, नारायण शर्मा, मोहित श्रेष्ठ, उदय रिजाल, रेश्मी बुढामगर, डम्बर भण्डारी, काजीबाबु श्रेष्ठ, विकाश लुंगेली, नारायण दंगाललगायतकोपनि प्रस्तुती रहने जनवादी कलाकार चिरन सीले जानकारी दिएका छन् ।
कार्यक्रममा जनवादी नृत्यकार सन्ध्या मगर, आकृति भण्डारी, कविता पुनलगायतको नृत्य, लक्ष्मण पाख्रिन, अनु शर्मा, लक्ष्मी केसीलगायतको गायन प्रस्तुतीसमेत रहने उनले बताए ।
यस्तै पत्रकार भेटघाटमा बोल्दै बरिष्ठ जनवादी गायक जीवन शर्माले निराश जनतालाई आशाको सञ्चार गराउन जनसांगीतिक अभियात्रा कार्यक्रम देशव्यापी अभियानका रुपमा लिएर हिंडेको बताए ।
बरिष्ठ जनवादी गायक शर्माले नकारात्मक र अश्लिल गीतअरु भाईरल भईरहेकोप्रति चिन्ता व्यक्त गरे । उनले जनवादी कलाकारहरुले पुरानै गीत बजाएर खाईरहेको भन्ने आरोपप्रति भने असहमति जनाए ।
उनले देश र जनताका लागि लडेकाहरुले उनीहरुको वास्तविक पीडालाई सम्बोधन नगरेकोमा आक्रोस पोखे । उनले आवश्यक परे ती कम्युनिष्ट नेताबिरुद्ध जनवादी गीत, संगीतमार्फत धावा बोल्न पछि नपर्ने उनको स्पष्ट समेत पारेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-