चेैत्र २८, पोखरा ।।
एसाेशिएशन अफ् साइकाइट्रिस्ट वेस्टर्न च्याप्टर तथा गण्डकी शिक्षण अस्पताल मानसिक विभागकाे संयुक्त आयाेजनामा मानसिक स्वास्थ्य सेवा सम्बन्धित कार्यशाल सम्पन्न गरिएकाे छ ।
चैत्र २७ गते साँझ पाैवा हाेटल परिसर बैदाममा आयाेजित साे कार्यक्रम दुई चरणमा विभाजित गरिएकाे थियाे ।
प्रा. डा. जय बहादुर खत्री तथा प्रा. डा. देव बहादुर थापाकाे अध्यक्षतामा भएकाे प्रथम चरणकाे कार्यक्रममा डा. प्रकृति प्रधान,डा. कमल भण्डारी, डा. अच्युत आचार्य तथा डा. राेनिका पन्तले शाेध पत्र प्रस्तुत गर्नुभएकाे थियाे ।
त्यस्तै डा.वसन्त कुमार ताम्राकार तथा डा. भाेजराज न्याैपानेकाे संयुक्त अध्यक्षतामा भएकाे दाेस्राे चरणकाे कार्यक्रममा चलचित्र निर्माता राजेश गाेङ्गजु तथा वरिष्ठ मनाेचिकित्सक प्रा.डा.निर्मल लामिछानेले जीवन र खुशी विषयमा रचनात्मक कार्यक्रमहरु प्रस्तुत गर्नु भएकाे।
विभागीय प्रमुख प्रा. डा. निर्मल लामिछानेकाे संयाेजकत्वका भएकाे साे कार्यशालामा अधिकांश वक्ताहरुले मानसिक स्वास्थ्य सेवामा रचनात्मक कृर्याकलापहरुले पार्ने वैज्ञानिक तथा व्यवाहारिक पक्षका विविध विषयहरु दर्शाउनु भएकाे थियाे ।
प्रतिक्रिया लेख्नुहोस्:-