पोखरा ।
पोखराको पृथ्वीनारायण क्याम्पसको स्ववियु निर्वाचन सम्पर्क कार्यालयमा केही विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका छन् । उनीहरुले सूचना चुहावट गर्ने कर्मचारीलाई कारवाहीको माग गर्दै तालाबन्दी गरेका हुन् ।
त्रिभुवन विश्वविद्यालयको कार्यतालिका अनुसार चैत ५ गते स्ववियु निर्वाचन हुन नसकेपछि बैशाख ३ गते क्याम्पसले घोषणा गरेको निर्वाचन मितिमा असहमति जनाउँदै चार विद्यार्थी संगठनले स्ववियु निर्वाचन सम्पर्क कार्यालयमा पुनः तालाबन्दी गरेका हुन् ।
क्याम्पस प्रशासनले लोकतन्त्रमा पनि निष्पक्ष निर्वाचन गर्न नसकेको र उल्टै सूचना चुहावट गरेको भन्दै ती सूचना लुकाउने कर्मचारीलाई कारवाही हुनुपर्ने माग गर्दै आफुहरुले तालाबन्दी गरेको अखिल क्रान्तिकारी विप्लवका पिएन क्याम्पस अध्यक्ष सचिन सीले जनाकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार अनेरास्ववियू, अखिल क्रान्तिकारी विप्लव, अखिल क्रान्तिकारी संयुक्त र अखिल छैठौले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै तालाबन्दी गरेका हुन् । उक्त जारी विज्ञप्तिमा प्रथम वर्षको परीक्षालाई असर पर्ने गरी निर्वाचन तालिका निकालिएको , क्याम्पस प्रशासन, स्ववियु निर्वाचन समितिले एकलौटी र मनोमानी रुपमा स्ववियु निर्वाचनको मिति घोषणा गरेको भन्दै आरोप लगाइएको छ ।
उनीहरुले स्ववियु निर्वाचन समिति प्रमुख विकास केसी र सदस्य सचिव बोधराज ढकालको भूमिका शंकास्पद र गैरजिम्मेवारी रहेको भन्दै निर्वाचन तालिका खारेज गरी निर्वाचन प्रक्रिया नरोक्किनेजेल सम्म क्याम्पस प्रशासन र निर्वाचन सम्पर्क कार्यालयमा तालाबन्दी गरेको हुन् ।
प्रतिक्रिया लेख्नुहोस्:-