Preeti to unicode
  • Login
Pramukh Khabar
Advertisement
  • समाचार
    • गण्डकी प्रदेश
    • राजनीति
    • अन्तराष्ट्रिय
  • शिक्षा/स्वास्थ्य
  • समाज

    पाँचौ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उपाधी महेन्द्र मा.वि लाहाचोकलाई

    पोखरामा मनाइयो ३२ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस

    केभसिटि पर्यटन सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

    हिसान कास्की स्पोर्टस मिट : तेश्रो दिन व्याडमिन्टनका प्रतिस्पर्धाहरु सम्पन्न, अन्य खेल जारी

    पाँचौ युनिप्स खेलकुद महोत्सवको उपाधि वेलनन एकेडेमीले जित्यो

    आर्मीलाई हराउँदै मधेश प्रदेशले जित्यो केपी ओली कपको उपाधि

    Load More
  • मनोरंजन
  • खेलकुद
  • विचार/अन्तर्वार्ता
  • विज्ञान/प्रविधि
  • कला/साहित्य
English
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Pramukh Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Pramukh Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

महेन्द्रपुलमा संसारका  झन्डाहरू फहराउने गरी झन्डा पार्क निर्माण गर्दै महानगर

प्रमुख खबर प्रमुख खबर
२०८०, १ बैशाख शुक्रबार २३:३५
100
SHARES
1k
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, ०१ वैशाख ।।

पोखराको महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झन्डा पार्क निर्माण गरिने भएको छ । लायन्स क्लब लफ इन्टरनेश्नलको आर्थिक सहयोगमा निर्माण गरिने उक्त पार्कको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नयाँ वर्ष २०८० को अवसरमा पारी शुक्रवार शिलान्यास गर्नुभएको हो ।

पार्कको शिलान्यास गर्दै प्रमुख आचार्यले चार तहको प्यारा फिट शैलीमा निर्माण गरिने पार्कमा सबै देशको नाम सहितका पिल्लरहरु निर्माण गरिने र बिचमा सबैभन्दा अग्लो नेपालको झन्डा राखिने बताउनुभयो । “यसको संरचना चार तहको प्याराफिट शैलीमा निर्माण गरिनेछ, प्रमुख आचार्यले भन्नुभयो, त्यस स्थानमा जुन देशको झन्डा राख्ने हो सोही देशको नाम समेत त्यो पिल्लरमा लेखिनेछ, र बिचमा भने नेपालको सबैभन्दा अग्लो झन्डा रहनेछ ।” यसमा पोखरा महानगरपालिका, लायन्स र एनआरएनएको समेत झन्डा फहराइने उहाँले बताउनुभयो ।

यसलाई सिकाइको केन्द्रका रूपमा समेत विकास गरिने उहाँले बताउनुभयो । “यहाँ पत्रपत्रिका पढ्ने व्यवस्था पनि मिलाइनेछ, अनलाइनमा पढ्न चाहनेहरूका लागि कम्प्युटरहरूको समेत व्यवस्था हुनेछ, प्रमुख आचार्यले भन्नुभयो, यो केवल रमाइलोका लागि मात्र होइन लर्निङ सेन्टरका रूपमा पनि रहनेछ ।” उहाँका अनुसार यसको आसपासको क्षेत्रलाई वाई फाई फ्री जोन बनाइनेछ ।

पोखरा सौन्दर्यकरणको यस अभियानमा सहभागी हुन पाउँदा लायन्स क्लब अफ इन्टरनेश्नल डिस्ट्रिक्ट (३२५ I, J, K, L, M ) का गर्भनरहरुले खुसी व्यक्त गरेका छन् । लायन्स क्लब अफ इन्टरनेश्नलका (डिस्ट्रिक्ट ३२५ M) का गभर्नर धनिराम बरालले यसले पोखराको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रचार प्रसार गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

पोखरामा निर्माण गरिने झन्डा पार्कमा आफ्नो देशको झन्डाको मुनी बसेर फोटो खिच्न पाउँदा कुनै पनि देशको नागरिकले गौरव महसुस गर्ने वातावरणको सृजना हुने लायन्स क्लब अफ इन्टरनेश्नलका (डिस्ट्रिक्ट ३२५ I) का गभर्नर राम बहादुर बसेलले बताउनुभयो । स्थानीय सरकारहरूसँग समन्वय गर्दै हाल मुलुकका विभिन्न स्थानहरूमा शिक्षा, स्वास्थ्य र वातावरण संरक्षणको क्षेत्रमा लायन्स क्लबहरूले काम गरिरहेको उहाँले बताउनुभयो ।

लायन्स क्लब अफ इन्टरनेश्नलका (डिस्ट्रिक्ट ३२५ J) का गभर्नर धुव्र बहादुर श्रेष्ठले यसको निर्माण पश्चातको दिगोपनमा जोड दिनुभयो । पार्कको दिगोपना सहित संरक्षण महत्त्वपूर्ण हुने भन्दै श्रेष्ठले स्थानीय सरकारले यसको संरक्षकत्व लिनुपर्ने बताउनुभयो । पोखरा महानगरपालिका वडा नं.२ का वडा अध्यक्ष दिवसमान प्रधानाङ्गले पोखरा महेन्द्रपुलमा निर्माण गरिने झन्डा पार्क पर्यटकहरूको हबका रूपमा विकास हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले समग्र पोखराको विकासका लागि सबै वडाहरूमा विकास केन्द्रित गतिविधिहरू सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

पोखरा महानगरपालिका वडा नं.९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले अन्तर्राष्ट्रिय झन्डा पार्क महानगरको नेतृत्वले देखेको एउटा जीवित सपना साकार हुने अवस्थामा रहेको बताउनुभयो । आफूहरूको कार्यकाल केवल रातो र कालो मसीको केराइमा केन्द्रित नगर्ने बताउनु भएका अध्यक्ष मर्सानीले समृद्ध महानगर निर्माणको अभियानमा सचेततापूर्वक सामेल हुँदै आवश्यक सहयोग र खबरदारी गर्न नगरवासीहरूलाई आग्रह समेत गर्नुभयो । आफूहरूको ध्येय महानगरको विकास र महानगरवासीको सन्तुष्टिमा केन्द्रित रहेको उहाँले बताउनुभयो ।

संयुक्त राष्ट्रसंघमा आबद्ध १९५ सहित पोखरा महानगरपालिका, लायन्स र एनआरएनएको समेत गरी तत्कालका लागि १९७ झन्डाहरू एकै स्थानमा राख्ने गरी पार्कको डिजाइन गरिएको निर्माणको जिम्मा पाएको कम्पनी सर्गले जनाएको छ । पार्क निर्माणका लागि लायन्स क्लब अफ इन्टरनेश्नलका डिस्ट्रिक्टहरुले ७० लाख बराबरको आर्थिक सहयोग प्रदान गर्नेछन् । झन्डा पार्क ४५ दिनमा निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीले जनाएको छ ।

महेन्द्रपुलको अर्को भागमा भने गैर आवासीय नेपाली संघ एनआरएनएको सहयोगमा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण गरिनेछ ।

प्रतिक्रिया लेख्नुहोस्:-

खेलकुद

पाँचौ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उपाधी महेन्द्र मा.वि लाहाचोकलाई

गण्डकी प्रदेश

पोखरामा मनाइयो ३२ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस

अर्थ

केभसिटि पर्यटन सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

खेलकुद

हिसान कास्की स्पोर्टस मिट : तेश्रो दिन व्याडमिन्टनका प्रतिस्पर्धाहरु सम्पन्न, अन्य खेल जारी

खेलकुद

पाँचौ युनिप्स खेलकुद महोत्सवको उपाधि वेलनन एकेडेमीले जित्यो

खेलकुद

आर्मीलाई हराउँदै मधेश प्रदेशले जित्यो केपी ओली कपको उपाधि

ताजा खबरहरु

पाँचौ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उपाधी महेन्द्र मा.वि लाहाचोकलाई

पोखरामा मनाइयो ३२ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस

केभसिटि पर्यटन सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

प्रमुख मिडिया प्रा.लि.
 पोखरा २,अर्चलबोट 
कम्पनी रजिस्ट्रार दर्ता नं. २७२८८५/७८/७९
सूचना विभाग दर्ता नं. ३३५७-२०७८/७९
विज्ञापनका लागि : ९८४६२७८७२९, ९८४६०१८१८०
ईमेल [email protected] 

हाम्रो टिम:
सम्पादक 
सन्तोष पराजुली
सह-सम्पादक
सरिता गुरुङ
संवाददाता 
संजय थापा
फोटो पत्रकार
विमल थापा

सामाजिक सञ्जाल

© 2018 - 2021 Pramukh Khabar - Designed by: MPG Solution.

  • English
  • Pramukh Khabar
  • Pramukh Post
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • समाचार
    • गण्डकी प्रदेश
    • राजनीति
    • अन्तराष्ट्रिय
  • शिक्षा/स्वास्थ्य
  • समाज
  • मनोरंजन
  • खेलकुद
  • Login

© 2020 Pramukh Khabar | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In