काठ्माण्डौं ।
पछिल्लो २४ घण्टामा देशभर ९९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार १ हजार ६ सय ४ जनाको नमुना परीक्षण गर्दा ९९ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।
हाल नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या ३ सय ७७ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । विस्तारै कम हुँदै गएको कोरोना सङ्क्रमण अहिले पुनः बढ्दै गएको छ । यस सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या पनि बढेकाले सतर्कता अपनाउन डाक्टरहरुले सुझाव समेत दिएका छन् ।
समयमा नै स्वास्थ्य मापदण्डसहित सतर्कता अपनाए यसबाट बच्न सकिने हँुदा मास्क र सेनिटाइजरको प्रयोग गर्न स्वास्थ्य मन्त्रालयले सबैमा आग्रह पनि गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-