काठ्माण्डौं ।
पाँचौं राष्ट्रव्यापी स्ट्रिट वर्कआउट प्रतियोगिता बैशाख ९ गतेदेखि सुरु हुने भएको छ । नेपाली युथ फिटनेश एण्ड केलिस्थेनिक्स (एन.वाई.एफ.सी.) को आयोजनामा उक्त प्रतियोगिता हुने भएको हो ।
बार वर्कआउट र सर्किट वर्कआउट गरि दुई विधामा हुने यस प्रतियोगिता काठ्माण्डौंको नक्सालस्थित नारायण चौरमा हुनेछ ।यस प्रतियोगितमा सहभागी हुने नेपालभरबाट ३ सय ५० देखि ४ सयको हाराहारिमा खेलाडीहरुले प्रतिस्पर्धा गर्ने भएका छन् ।
बार वर्कआउट र सर्किट वर्कआउटको संयुक्त विधामा कम समयमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विजयी घोषित गरि फिटनेश एथलेट उपाधी सहित नगद ५१ हजारका साथ स्वर्ण पदक र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
त्यसै गरी विधागत प्रथम, द्वितीय तथा तृतीय हुने खेलाडीले क्रमशः नगद २० हजार, १५ हजार र १० हजार नगद सहित प्रमाण पत्रले सम्मान गरिने छ ।
प्रतिक्रिया लेख्नुहोस्:-