काठ्माण्डौं ।
नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेलको पहिलो विदेश भ्रमण बेलायतबाट सुरु हुने भएको छ । बेलायती राजा चाल्र्स तृतीयको राज्यभिषेक समारोहमा सहभागी हुन उनी बेलायत जाने भएका हुन् ।
बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले राष्ट्रपतिको सचिवालयलाई भ्रमणको अनौपचारिक जानकारी गराएका छन् । राज्याभिषेक वैशाख २३ गते हुँदैछ ।
राज्याभिषेक समारोहमा भौतिक रूपमा उपस्थित भएर हेर्न विश्वका बिभिन्न देशका राजनेता, राष्ट्र तथा सरकार प्रमुख, राजपरिवारका सदस्य, प्रतिष्ठित व्यक्ति उपस्थित हुनेछन्।
बकिङघम राजपत्रले सार्वजनिक गरेको निमन्त्रणासम्बन्धी विवरणअनुसार राज्याभिषेक समारोहमा २ हजार पाहुनालाई निमन्त्रणा गरिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-