काठ्माण्डौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषदको बैठक बोलाएका छन् । शुक्रबार बिहान ९ बजे बालुवाटारमा बस्ने गरी प्रधानमन्त्री प्रचण्डले बैठक बोलाएको स्रोतले जनाएको छ । यस बैठकमा प्रधानन्याधीश नियुक्ति सिफारिस गर्ने तयारी रहेको स्रोतले बताएको छ ।
२०७९ मंसिर २७ देखि प्रधानन्यायाधीश पद रिक्त छ । हाल सो स्थानमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की रहेका छन् । प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा विपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना र उपसभामुख इन्दिरा राना सदस्य छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-