पोखराको ल्याण्डफिल साइटमा डोजरले च्यापिएर एक मजदुरको मृत्यु भएको छ। पोखरा महानगरपालिका -३२ लामेआहल स्थित ल्याण्डफिल साइटमा पोखरा महानगरपालिकाको ग १ ग १३४ नं. काे डोजरले च्यापिएर सोहि डोजरका चालक पोखरा रामबजार बस्दै आएका अन्दाजी ६० वर्षका मुसाफिर दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
प्रहरीका अनुसार विहीबार साँझ ७ बजे तिरकि समयमा फोहोर व्यवस्थापन गर्ने क्रममा डोजर अचानक अनियन्त्रित भइ पल्टिँदा दासको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-