पोखरा ।
१७ औं सस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा ४ लाख ४१ हजार आम्दानी भएको नेपाल भूतपूर्व खेलाडी मञ्चले जनाएको छ । मञ्चको पोखरामा शनिबार सम्पन्न १२ औं वार्षिक साधारण सभा तथा २२ औं स्थापना दिवसको अवसरमा उक्त जानकारी दिइएको हो ।
गत फागुन ६ गते सम्पन्न म्याराथनमा विभिन्न प्रायोजक र सहयोगीहरुबाट रु ६१ लख ६१ हजार ३७३ र खर्चतर्फ रु ५७ लाख १९ हजार ७८५ गरी कुल रु ४ लाख ४१ हजार ५८८ आम्दानी भएको मञ्चले जनाएको हो । सा
साधारण सभाको उद्घाटन गर्दै नेपाली सेना पश्चिम पृतना उपरथी दिपक कुमार बानियाले नेपालको खेलकुद विकासमा मञ्चले गरेको कार्य प्रशंसनिय रहेको बताउँदै शुभकामना व्यक्त गरेका छन् ।
कार्यक्रममा आफ्ना भनाई राख्दै प्रदेश खेलकुद परिषदका सदस्य सचिव घनश्याम पौडेलले खेलकुदमा संघियता नआउँदा नितिगत रुपमा धेरै समस्या आएको उल्लेख गरेका छन् ।
मञ्चले खेलकुद र सामाजिक अभियानमा खेलेको भूमिका महत्वपूर्ण रहेको बताउँदै उनले आगामी दिन समेत प्रदेशको खेलकुद विकासका लागि मञ्च र परिषद सहकार्य गर्दै अघि बढ्ने बताएका छन् ।
त्यस्तै कार्यक्रममा मञ्चका आजिवन सदस्य स्व।पदम बहादुर कार्की, स्व।योगेन्द्र बहादुर बस्नेत र स्व।अमर तुलाचनलाई मराणोपरान्त सम्मान गरिएको छ भने सो अवसरमा १६ औं सस्करण पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल बनाउन सहयोग गर्ने संस्थाहरु तथा व्यक्तिहरुलाई सम्मानपत्रद्वारा सम्मान गरिएको छ ।
यस्तै उक्त कार्यक्रममा मञ्चले १८ औं संस्करणको तयारी थालेको जानकारी दिँदै पुरस्कार राशी २५ लाख पुर्याउने घोषणा समेत गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-