काठमाडौँ ।
रिलिज अगावै चर्चा बटुल्न सफल पहिलो तामाङ पप गीत ुआङिला जामेसे ङाला सेमु बजारमा आएको छ । हेरुका लामा अफिसियल युटुबमार्फत बौद्धस्थित शेनुर हाउसमा एक पत्रकार सम्मेलनबिच गीतको अफिसियल म्युजिक भिडियो बजारमा ल्याएको हो ।
नेकपा माओवादी केन्द्र बागमती प्रदेश परिषदका सदस्य, युवा नेता एंव समाजसेवी अविरल जिम्बाको प्रमुख आतिथ्यतामा उक्त गीतको म्युजिक भिडियो बजारमा ल्याएको हो । प्रमुख अतिथीको रुपमा सम्बोधन गर्नुहुँदै जिम्बाले तामाङ गीत संगीतमा पप गीतले नयाँ बाटो कोरेको र सफलताको शुभकामना व्यक्त गरे ।
तामाङ गीत संगीतलाई, मनोरञ्जन क्षेत्रलाई बिकास गर्न नयाँ नयाँ गीत संगीत बजारमा आवश्यक रहेको उनले बताए । उनले कलाकारलाई राष्ट्रको गहना नभई अंग भन्नुपर्नेमा जोड दिए ।
तामाङ चलचित्र जगतका महानायक अमिर दोङको विशेष आतिथ्यता, र्यापर उत्तर लामा,हास्य कलाकार कुइसाङ रुम्बा, गायक एंव सञ्चारकर्मी आश्मान लोप्चनले शुभकामना व्यक्त गरे ।सांगे ब्लोन तामाङ र गायक आशोक मोक्तान तामाङ्को शब्द रहेको गीतमा उनै गायक अशोक मोक्तानको संगीत र स्वर रहेको छ ।
दिपेश प्रधानको संगीत संयोजन र मिक्सिङ, रहेको गीतको म्युजिक भिडियोलाई बज्र ङेसुर र त्रिलोक लामाले छायांकन, राजेश कुमारले सम्पादन र कलर, सुमिना लोले डबिङ, अर्पण थिङले ब्याकराउण्ड म्युजिक गरेका हुन ।
मोडल एंव निर्देशक हेरुका लामाको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा याङ्की दोङ, अजय कुमार रञ्जितकार, सिता लामा घिसिङ र उनै निर्देशक एंव मोडल हेरुका लामाको अभिनय रहेको छ ।
उक्त गीतको म्युजिक भिडियो सार्वजानिक कार्यक्रममा कलाकार,पत्रकार, समाजसेवी एंव दर्शकहरुको उपस्थिती रहेको थियो । कार्यक्रम पत्रकार विवेक लोप्चनले सञ्चालन गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-