पोखराको बाटुलेचौरमा आयोजित रक्तदान कार्यक्रममा ४२ युनिट रगत संकलन भएको छ।
नेपाल रेडक्रस सोसाइटी पोखरा १६ उपशाखाको आयोजना, वडा नं १६ को सम्वन्य तथा विन्ध्यवासिनी क्याम्पसको व्यवस्थापनमा आयोजित कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं १६ का अध्यक्ष अमृत शर्मा तिमिल्सिनाले पहिलाे रक्तदाता उपशाखा का पुर्व अध्यक्ष वसन्त तिमिल्सिनालाई ब्लड व्याग हस्तान्तरण गरेर उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै अध्यक्ष अमृत शर्मा तिमिल्सिनाले मानविय सेवाका काममा स्थानीय सरकार सबैसगँ हातेमालो गरेर अगाडि बढ्न तयार रहेको बताउनुभयो ।
कार्यक्रममा नेरेसाे कास्की जिल्ला सदस्य सुवासवावु अधिकारी, हिमालय क्लवका अध्यक्ष सुशील वस्नेत, हाम्राे कृषि सहकारिका अध्यक्ष विष्णु लामिछाने , विन्ध्यवासानि क्याम्पस का प्रमुख विजय शर्मा, नेरेसाे जिल्ला शाखाका लेखा सदस्य तारा आचार्य , भुतपूर्व विन्ध्यवासिनी विद्यार्थी मंचका अध्यक्ष हरि वरूवाल, लगायतले रक्तदानको महत्वका विषयमा वोलेका थिए। कार्यक्रम संयाेजक तथा नेरेसाे उपशाखा १६ का काेषाध्यक्ष विकास आचार्यले कार्यक्रमका विषयमा जानकारी दिदैं, सहयोगी संस्थाहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो।
रेडक्रस सोसाइटी उपशाखा १६ का सभापति तारा अधिकारीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव दिपक आचार्यले गर्नुभएको थियो। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्कीले प्राविधिक सहयोग गरेको थियो।
प्रतिक्रिया लेख्नुहोस्:-