पोखरा ।
नयाँ सरकार गठन गर्नका लागि दाबी पेस गर्न गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आह्वान गरेका छन् । बैशाख ९ गते मुख्यमन्त्री खगराज अधिकारीले सदनबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख गुरुङले आह्वान गरेका हुन् ।
उनले नयाँ सरकार गठनका लागि आजको मितिदेखि ३ दिन अर्थात बैशाख १४ गते दिउँसो ४ बजेसम्मको समय दिएका छन् । प्रदेश प्रमुख गुरुङले नेपालको संविधानको १६८ को उपधारा २ अनुसार सरकार गठन गर्न आह्वान गरेका हुन् ।
उक्त उपधारा अनुसार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रदेशसभा सदस्यले मुख्यमन्त्रीमा दाबी पेस गर्न उनले आह्वान गरेका छन्।
६० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ३१ जना भए बहुमत पुग्छ। प्रदेश सभामा नेपाली कांग्रेसको २७, माओवादी केन्द्रको ७, एमालेको २२, एकीकृत समाजवादीको एक, राप्रपाको २ सांसद रहेका छन्।
प्रतिक्रिया लेख्नुहोस्:-