काठ्माण्डौं ।
सोमबार राति फ्लाई दुबईको जहाजमा चरा ठोक्किएको भन्ने हल्लामा कुनै सत्यता नभएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले बताएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गएराति ९ः२० बजे १ सय ६९ यात्रु बोकेर दुबई उड्दै गरेको सो विमानमा आगो देखिएपछि खैलाबैला मच्चिएको थियो । त्यसलगतै दुबईस्थित फ्लाई दुबईको आधिकारिक ट्वीटर ह्याण्डलमार्फत जहाज उडानका क्रममा चरा ठोकिएको र केही क्षणको असहजताका बाबजुद जहाज सकुशल दुबई अवतरण गरेको जानकारी गराएको थियो । तर, मन्त्री कराँतीले फ्लाई दुबईको सूचनाको खण्डन गर्दै अहिलेसम्म चरा ठोक्किएको पुष्टि नभएकोले भ्रममा नपर्न आग्रह गरेका छन् ।
उनले यसरी हल्लाको पछि नलाग्न र प्रमाणित नभएको कुरामा हल्ला नगर्न पनि आग्रह गरेका छन् । यस्तै मन्त्री किराँतीले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत आफुले गाउँ–घरमा गाई भैंसीको गोठालो गरेको तर अहिले शहरमा हवाईजहाजको गोठालो गरिरहेको भन्दै गाई भैंसीको गोठालो गर्नु भन्दा जहाजको गोठालो गर्न कठिन भएको समेत बताएका छन् । त्यस्तै उनले कागले कान लग्यो भनेर कागलाई खेद्नु भन्दा पहिला आफ्नो कान छाम्नु पर्ने नत्र लडिन्छ पनि भनेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-