राम प्रसाद पाैडेल
जेष्ठ नागरिक सराेकार समाज पुरुन्चाैर शाखाले पाँचाै साधरण सभा सम्पन्न ग-याे । शुक्रबार दिउँसाे अकला सामुदायिक भवन लामाचाैरमा शाखा अध्यक्ष राधा देवी गाैतमकाे अध्यक्षतामा भएकाे साधरण सभामा पाेखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे प्रमुख अतिथि रहनु भएकाे थियाे। सभामा पुरुन्चाैर शाखा अन्तर्गत रहेका आठ दिवा सेवाका दुई सय भन्दा बढी जेष्ठ नागरिकहरुकाे सहभागिता रहेकाे थियाे ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि पुष्पेन्द्र पाण्डेले,जेष्ठ नागरिक भनेका हाम्राे समाजका धराेहर हुन् , उनीहरुलाई मनैदेखि माया गराैं भन्नुभयाे।
वडाध्यक्ष पाण्डेले आज हामीले हाम्रा बाबा आमालाई जस्ताे व्यवाहर गर्दछाैं भाेलि हाम्रा सन्तानहरुले पनि हामीलाई त्यस्तै व्यवाहर गर्नेछन् , त्यसैले वयाेवृद्धहरुलाई माया गराैं, मन वचन र कर्मले सम्मान गराैं र हाम्राे आफ्नाे व्यवाहर मार्फत सन्तानहरुलाई असल संस्कार सिकाउ भन्नुभयाे।
कार्यक्रममा लामाचाैर अपाङ्गता स्वाभलम्वन समाज अध्यक्ष सरिता के.सी., महिला अधिकार मंच गण्डकी प्रदेश अध्यक्ष दिल माया गुरुङ्, पाेखरा १९ वडा सदस्य कल्पना सुनार , पाेखरा १९ कै वडा सचिव श्रीराम पाैडेल, विश्व हिन्दु महासंघ केन्द्रीय उपाध्यक्ष पार्वती पाैडेल, आदर्श समाज राष्ट्रिय दैनिकका प्रधान सम्पादक कृष्ण बास्ताेला, जेष्ठ नागरिक सदस्य माेहन प्रसाद पाैडेल, विष्णु माया सापकाेटा, त्रिभुवन शर्मा, बृहस्पति सापकाेटा, लगायतले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे भने काेषाध्यक्ष चित्र बहादुर के.सी.ले समाजकाे आर्थिक विवरण प्रस्तुत गर्नु भएकाे थियाे ।
कार्यक्रममा शाखा अन्तर्गत विभिन्न दिवा सेवाका ७५ वर्ष उमेर पुगेका ७० भन्दा बढी जेष्ठ नागरिकलाई रामनामी अाेढाएर प्रशस्ति पत्र सहित सम्मान गरिएकाे थियाे भने, काउरे निवासी नारायणी तिवारी र लामाचाैर अकला निवासी गाैरी देवी आचार्यलाई असल बुहारी विशेष सम्मानले सम्मान गरिएकाे थियाे।
जेष्ठ नागरिक सदस्य एवं पाेखरा १९ वडा सदस्य दुर्गा बस्नेतकाे संचालन रहेकाे साे कार्यक्रममा शाखा उपाध्यक्ष माधव प्रसाद पाैडेलले स्वागत मन्तव्य राख्नु भएकाे थियाे।
प्रतिक्रिया लेख्नुहोस्:-