काठ्माण्डौं ।
आज मे १ तारिख, अन्तर्राष्ट्रिय श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाइदैछ । यस वर्षको नारा “सामाजिक सुरक्षा, मर्यादित श्रमः श्रमको सम्मान राष्ट्रको अभियान” भन्ने तय गरिएको छ ।
सन् १८८६ मा अमेरिकाको शिकागोमा आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ आराम नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाउन थालिएको हो । २००७ सालमा विराटनगरमा भएको मजदुर आन्दोलनसँगै नेपालमा यो दिवस मनाउन थालिएको हो ।
त्यस्तै २०४६ सालको राजनीतिक परिवर्तनसँगै यस दिवसको अवसरमा नेपालमा सार्वजनिक विदा दिन थालिएको हो । यस्तै यस अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभकामना दिँदै सामाजिक सुरक्षा कार्यक्रमलाई सम्पूर्ण औद्योगिक प्रतिष्ठान, उद्योग र कार्यालयमा अनिवार्य र कडाइका साथ लागू गर्न पहल गर्ने बताएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-