राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष महावीर पुनसँग सरकारले ७ बुँदे सहमति गरेको छ आविष्कारसम्बन्धी कार्य गर्न सरकारले कोष बनाउने र उक्त कोषबाट अनुसन्धान, विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरूमा लगानी गर्नेलगायत सहमति भएको छ। आविष्कारसम्बन्धी कार्य गर्ने कोषको व्यवस्थापनका लागि संसदबाट विधेयक पारित गर्ने सहमति पनि भएको छ ।
विधेयकको मस्यौदा सरोकारवाला पक्षसँगको परामर्शमा आगामी ६० दिनभित्र तयार गर्ने समझदारी भएको छ । सरकारले आगामी आर्थिक वर्षदेखि संघीय सरकारको पुँजीगत बजेटको एक प्रतिशत रकम अनुसन्धान तथा विकास, नवप्रवर्तन र आविष्कार कोषमा जम्मा गर्ने पनि सहमति भएको छ। उपप्रधान, रक्षा तथा कानून मन्त्री पूर्णबहादुर खड्का र महावीर पुनबीच सोमबार रक्षा मन्त्रालयमा भएको वार्तामा ७ बुँदे सहमति भएको हो । भने माइतीघर मण्डलमा भइरहेको धर्ना स्थगित गर्ने सहमति पनि भएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-