काठ्माण्डौं ।
नेकपा एमालेले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । बैशाख २९ देखि ३१ गतेसम्म झापामा हुने केन्द्रीय समिति बैठकअघि सचिवालय बैठक बोलाइएको एमाले प्रचार प्रसार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् । रिजालका अनुसार सचिवालय बैठक वैशाख २६ गते ललितपुरमा रहेको पार्टी मुख्यालयमा बस्नेछ ।
सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकका एजेन्डाहरू तय गर्नेछ । सचिवालय बैठकअघि महासचिव शंकर पोखरेल नेतृत्वको पार्टी केन्द्रीय कार्यालयको बैठक वैशाख २५ मा बस्नेछ ।
प्रतिक्रिया लेख्नुहोस्:-