काठ्माण्डौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सरकारमा नजाने भएको छ ।यस्तै रास्वपाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ ।रास्वपाको शुक्रबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारमा नजाने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो ।
बैठकपछि पार्टी सभापति रवि लामिछानेले उपनिर्वाचनको जनमत अनुसार आफूहरु प्रतिपक्षमा बस्न लागेको जानकारी दिएका छन् । गएको पुस १० गते अप्रत्याशितरूपमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा पनि गएको थियो ।
एमाले र माओवादीको गठबन्धन भत्किएर मन्त्रिपरिषद् पुनगर्ठन भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएको थियो । तर सरकारलाई दिएको समर्थन भने कायमै राखेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीसँग २१ जना सांसद रहेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-