पोखरा ।।
पोखरामा यतिबेला जेसीज सप्ताह २०२३ कार्यक्रम संचालन भई रहेको छ । जस अनुसार आज छैटौं दिन मादी गाउँपालिका वडा नंम्बर ४ तारकाङमा गएर त्यहाँका जनसमुदायमा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । जेसीज बर्ष २०२३ का अध्यक्ष गणेश गिरीको अध्यक्ष्यतामा भएको कार्यक्रम प्रमुख अतिथि मादी गाउँपालिका प्रमुख देवीजंग गुरूङ रहनु भएको थियो ।
गुरूङले जनसमुदायमा स्वास्थ्य सिविर आएकोमा खुसी ब्यक्त गरदै अन्य संघ संस्थाले पनि यस्ता कार्यक्रमहरू संचालन गर्नु पर्ने बताउनु भयो । साथै उहाँले जेसीजले हरेक बर्ष जनसमुदायमा गई विभिन्न कार्यक्रम संचालन गर्दै आएको प्रष्ट पार्नु भयो । जेसीज बर्ष २०२३ का अध्यक्ष गणेश गिरीले जेसीजले सप्ताह व्यापी कार्यक्रममा विभिन्न फरक- फरक धारका कार्यक्रम संचालन गर्दै आएको र आज स्वास्थ्य सिबिर संचालन गरिएको बताउनु भयो । उँहाले स्वास्थ हरेकका लागि अपरिहार्य रहेको हुदा पनि यस कार्यक्रमलाई अगाडि बढाईएको बताउनु भयो । कार्यक्रममा स्वागत मन्तब्य जेसी मिना थापाले राख्नु भएको थियो ।
कार्यक्रममा ३०० जनाले स्वास्थ सिबिरमा सहभागिता जनाउनु भएको यसै कार्यक्रमका संयोजक जेसी किरण आचार्यले जानकारी दिनु भयो । स्वास्थ सिबिरमा गन्डकी मेडिकल कलेजका डाक्टरहरूको साथ रहेको थियो । भने नि:शुल्क स्वास्थ्य शिविरमा फिजिसियन चेकअप,ओपिडी, हाडजोर्नी तथा नशा, दन्त सिविर, स्त्री रोग, मधुमेह जाँच, भिडियो एक्सरे,युएसजी जाँचहरु भएकाे थियाे।
कार्यक्रममा संयोजक जेसी किरण आचार्यले स्वास्थ्य नै सबै भन्दा ठूलो धन भएको हुदा हामीले आफ्नो स्वास्थको बेलैमा चेकजाँच गर्नु पर्ने बताउनु भयो । साथै उँहाले आज तारकाङमा आएर यहाँको जनसमुदायमा स्वास्थ सिबिर संचालन गर्न पाउँदा सदा स्मरणीय रहने बताउनु भयो ।
कार्यक्रममा युवा बाबु नानी देखि बृद्ध बुवा आमाको उल्लेखनीय सहभागीता रहेको थियो । भने कार्यक्रम संचालन जेसी २०२३ का महासचिब कमलराज पराजुलीले संचालन गर्नु भएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-