काठ्माण्डौं ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई चार दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । म्याद थपका लागि जिल्ला अदालत काठ्माण्डौं लगेका उनलाई बुधबार अदालतले चार दिन म्याद थपको अनुमति दिएको हो । प्रहरीले अनुसन्धानका लागि भन्दै खाण र उनका निजी सचिव नरेन्द्र केसीलाई आज बिहान निवासबाटै पक्राउ गरेको हो ।
यसअघि प्रहरीले सचिव टेकनारायण पाण्डे, टोपबहादुर रायमाझीका छोरा सन्दीप, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङसहित १० जनालाई पक्राउ गरिसकेको छ ।त्यस्तै नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका अर्का पूर्व उपप्रधानमन्त्री एवम् एमाले सचिव टोपबहादुर रायमाझी भने फरार छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-